Motivate News

११ हजार २२ उम्मेदवार मैदानमा

मंसिर ८, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।आजको नागरिकमा समाचार छापिएको छ ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभा गरी १ सय ११ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसै प्रणालीअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुनिनेछन् । प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर ३ मा ४२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्याँबाट प्रतिनिधिसभा सदस्यका लागि ४ सय ५२ र प्रदेशसभा सदस्यका लागि ६ सय ३३ उम्मेदवार छन् ।

प्रदेश नम्बर ४ मा २६ दलले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् । जहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १ सय ५५ र प्रदेशसभा सदस्यका लागि २ सय ३७ उम्मेदवार मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...