Motivate News

२० मिनेटमा ५ गोल गर्दै अटलान्टाले इभर्टनलाई ५-१ ले हरायो

 

मंसिर ८, काठमाडौं – युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।
अटलान्टाका लागि खेलको १२ औँ मिनेटमै मिडफिल्डर ब्रायन क्रिसटान्टले गोल गरेर अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा ब्रायनले नै गोल गर्दै अटलान्टाको अग्रता दोब्बर पारेका थिए । ७१ औँ मिनेटमा इभर्टनका लागि रामिरेजले गोल गर्दै अग्रता कम गरे । अटलान्टाका लागि ८६ औँ मिनेटमा गोसेन्स, ८८ औँ मिनेटमा र इन्जुरी समयमा क्रोर्नेलिअसले गोल गर्दै ५-१ को जित दिलाए ।
समूह ‘इ’ मा रहेको इभर्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । इभर्टनले पाँच खेलमा एउटा पनि जित्न सकेको छैन । एक खेल बराबरी खेलेका कारण एक अंक बनाएको छ । समूह ‘इ’ कै शीर्षमा रहेको अटलान्टाले भने कुनै पनि खेल हारेको छैन । तीन खेलमा जित र दुई खेलमा बराबरी गरेर ११ अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस्

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो । जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको...

रियल मड्रिड एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरीमा रोकियो

  मंसिर १७, काठमाडौं – कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड...

बार्सिलोनाद्वारा रियल मुर्सियामाथि ५–० को शानदार जित

मंसिर १४,काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो ।...