Motivate News

बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकियो

मंसिर ११, काठमाडौं – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए ।

१–० ले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल गरे । यो बराबरीले बार्सिलोनाको ला लिगामा अपराजित यात्रा कायम रह्यो । खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले रोड्रिगोले गोल गर्नु अघि नै गोल गरेका थिए । तर रेफ्रीले मेस्सीको गोललाई मान्यता दिएनन् ।

मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए । तर पनि आफ्नो गोलले मान्यता नपाएपछि मेस्सी रिसाएका थिए । बराबरीपछि पनि शीर्ष स्थानको बार्सिलोनाले चार अंकको अग्रता लिएको छ ।

उसको १३ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ । बार्सिलोना तेस्रो र चौथो स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ । ला लिगा अन्तर्गत राति नै भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई ३–२ ले हरायो भने रियल सोसिडाड र लास पालमस तथा एथ्लेटिको बिल्बाओ र डिप्रोटिभो डि लाकोरुनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...