Motivate News

उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै

७६ अर्बको कारोबार लुकाएको देखियो

मंसिर १३, काठमाडौं – एनसेलका नाममा भइरहेको कर छली प्रकरणमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो तानिने भएका छन् । १ खर्ब ४४ अर्ब रुपियाँ बराबरमा एनसेल बेच्दा पुँजीगत लाभकर नतिरेको भन्दै स्वीडेनको टेलियासोनेराका नाममा ६२ अर्ब रुपियाँ कर निर्धारण भएको छ । त्यसैगरी २० प्रतिशत सेयर स्वामित्व रहेका निरजगोविन्द श्रेष्ठले आफ्नो नामको सेयर बेच्दा समेत त्यही कर छलेको भन्दै सरकारले पुनः कर निर्धारण गरेको छ । यी सबै प्रकरणमा कर छली हुनुमा महतोको हात रहेको पाइएपछि सरकारले उनलाई समेत तान्ने भएको हो ।

महतोले आफ्नो नामको सेयर बेच्दा नै न्यून मूल्यांकन गरी पुँजीगत लाभकर छलेको विवरण सरकारले प्राप्त गरेको छ । विवरण अनुसार महतो स्वामित्वको कजाखस्तानको डेल्टा ट्रेड नामको कम्पनी समेतको सेयर टेलियाले किन्दा १ अर्ब १२ करोड रुपियाँ बराबरमा बेचेको देखाइएको छ । जबकि टेलियाले सोही कारोबारमा ७८ अर्ब रुपियाँ खर्च देखाएको छ । महतोले बेच्दा १ अर्ब १२ करोड देखाएको र टेलियाले किन्दा चाहिँ ७८ अर्ब खर्च देखाउनुको खासियत स्पष्ट छ, पुँजीगत लाभकर छल्ने । ७६ अर्ब ८८ करोड रुपियाँको कारोबार उनले लुकाएका छन् । टेलिया र एक्जियटा मिलेर यो वास्तविक कारोबारको आँकडा बाहिर आउने भएपछि महतोको थाप्लोमा ठूलो रकम आइ पर्ने निश्चित भएको छ । किनभने अब महतोका नाममा कर निर्धारण हुँदा साँवा रकममा आज सम्मको ब्याज, जरिवाना सबै जोडिन्छ ।
नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्

प्रदेशसभाका लागि आवश्यक संरचना, के मा कति लाग्छ खर्च ?

  काठमाडौं – संघीयता कार्यान्वयनको केन्द्रविन्दु मानिएको प्रदेशसभाका लागि आवश्यक संरचना तयार गरी सेवा सुरु गर्न तत्काल ४ अर्ब ५५ करोड रुपैयाँ लाग्ने देखिएको छ । प्रदेश तहका अस्थायी भवन संरचना निर्माणका लागि करिब ६३ करोड, भवन निर्माणमा २ अर्ब ४५ करोड...

बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ

मंसिर १७ , काठमाडौं – बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुन सहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो । काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुन सहित पक्राउ गरेको...

पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ

  मंसिर १४, वीरगन्ज – स्थानीय तहको निर्वाचनमा पर्साको सुखवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलमा पाँच सय भोट आफूसँग रहेको भन्दै स्थानीय एक अगुवाले गाउँपालिका प्रमुखमा चुनाव लडेक एक उम्मेदवारसँग ३६ लाख रुपैयाँ लिए। यो खबर क्रान्ति साहले आजको अन्नपूर्णमा लेखेका छन्।...

हस्तकला मेलामा १५ करोडको कारोबार

मंसिर ७, काठमाडौं – राजधानीको भृकृटीमण्डपमा सम्पन्न हस्तकला व्यापार मेलामा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र हस्तकला महासंघको संयुक्त आयोजनामा भएको १५ औं हस्तकला प्रदर्शनीमा १५ करोड रुपैयाँको कारोबार भएको हो ।...