Motivate News

बार्सिलोनाद्वारा रियल मुर्सियामाथि ५–० को शानदार जित

मंसिर १४,काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो । पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा बार्सिलोनाका लागि पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक एक गोल गरे । राति नै भएको खेलमा जित निकाल्दै सेभिल्ला पनि अन्तिम १६ मा पुगेको छ । एथ्लेटिको मड्रिड र लास पालमस पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । तर एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड भने अन्तिम ३२ बाटै बाहिरिन बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस्

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो । जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको...

रियल मड्रिड एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरीमा रोकियो

  मंसिर १७, काठमाडौं – कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड...

बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकियो

मंसिर ११, काठमाडौं – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६० औं...