Motivate News

राजनितिमा सबै मान्छे खराव हुँदैनन् भनेर प्रमाणित गर्न चाँहन्छु : साधुराम खड्का

काठमाडौ – नेपाली काँगे्रसको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि उमेद्वार रहेका छन् साधुरमा खड्का । आफूलाई भष्ट्राचार विरोधी र विकास प्रेमी नेताका रुपमा चिनाउन चाँहने खड्काको प्रतिशपर्धा यसपटक एमालेका उमेद्वार कुसुम कार्कीसंग हुँदैछ । बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा समेटिएको काठमाडौँ ४ को प्रदेश सभा (ख) मा खड्का र कार्कीको प्रतिशपर्धालाई रोचक रुपमा हेरिएको छ । उनै उमेद्धार साधुराम खड्कासंग उनका चुनावि एजेण्डाका बारेमा हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ सोही कुराकानिको संपादित अँश ।

काठमाडौँ ४ को प्रदेश सभा ‘ख’ का लागि उमेद्वार बन्नुभएको छ, कस्तो महशुस हुँदैछ ?

नेपालको इतिहाँसमा हामीले पहिलो पटक प्रदेश सभा निर्वाचनको अभ्यास गर्दै छौँ । यो एक ऐतिहाँसिक अवसर हो । स्वाभाविक रुपमा पहिलो पटक हुँदै गरेको निर्वाचन भएकाले जनतामा केहि अन्यौलता र कौतुहलता पक्कै छ । तर समय संगै मतदाताहरुले पनि यसको बारेमा प्रयाप्त जानकारी लिन थालिसक्नुभएको छ । हामीले घरदैलो र नियमित मतदाता भेटघाट मार्फत यसमा रहेका अन्यौलताहरुलाई धेरै हदसम्म चिर्न सफल भएको छौँ ।

तपाईको क्षेत्रको प्रतिनिधी सभामा यसपटक काँग्रेसका यूवा नेता गगन थापा र एमालेका यूवा नेता राजन भट्टराई विचको रोचक प्रतिशपर्धा देखिन्छ, जुन राष्ट्रिय चासोको विषय बनिरहेको छ । जसले गर्दा तपाईहरुको विषय अलि ओझेल पो परेको हो की ?

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकै दिन हुनाले प्रतिनिधी सभाको चर्चा अलि बढि भएको र मिडियाले पनि त्यसैलाई बढि स्पेस दिएको पक्का हो । हाम्रो क्षेत्रमा २ जना यूवा नेताको प्रतिशपर्धाले रोचक परिस्थिति बनेको पनि साँचो हो तर प्रदेशको निर्वाचन पनि एक ऐतिहाँसिक अवसर हो । यसको छुट्टै महत्व छ । हामी आफ्ना विचारहरु लिएर जनताको माझमा गइरहेका छौँ । उनीहरुलाई आफ्ना एजेण्डाहरु स्पष्ट पारिरहेका छौँ । वाहिरबाट हेर्दा हाम्रो विषय ओझेल परेको होकि जस्तो लाग्ला तर हामी रात दिन यहि क्षेत्रका जनतासंग उठवस गरेको, उनिहरुको हरेक दुख सुखसंग नजिक रहेर काम गरेका कारण जनतामा जान सजिलो छ । र उनिहरुले पनि राम्रोसंग साथ दिइरहेका छन् ।

निर्वाचनको मिति पनि निकै नजिक आइरहेको छ । चुनावि कार्यक्रमहरुलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

यो एउटा ऐतिहाँसिक अवसर हाम्रो सामु आएको छ । चुनावको मिति नजिकिएसंगै हाम्रो व्यस्तता पनि पक्कै बढेकै छ । विहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर जनताको विचमा गएर आफ्ना कुराहरु राखिरहेको छु ।

तपाईका चुनावि एजेण्डाहरु केके हुन् ?

खासगरि पहिलो पटक प्रदेश सभा गठन हुँदै गरेकाले यसको विशिष्ट महत्व छ । कयौँ नितिनिमार्णहरु गर्नु छ, ऐन कानुनहरु तर्जमा गर्नुछ । साथै भइरहेका निति नियममा कहाँ के कस्तो अपप्ठ्यारो छ, त्यसलाई पनि उचित व्यवस्थापन गर्दै विकास निर्माणका काममा स्थानिय सरकार र केन्द्र सरकारका विचमा समन्वयकारी भुमिका निर्वाह गर्दै आफ्नो क्षेत्र र समग्र प्रदेशको विकासमा नै अग्रणी भुमिका खेल्ने मेरोे एजेण्डा छ ।

तपाईको आफ्नै क्षेत्रका लागि चुनावि एजेण्डा के छन् ?

मेरो क्षेत्र ऐतिहाँसिक, सांस्कृतिक, धार्मिक महत्व बोकेको बुढानिलकण्ठ देखि विकासका प्रचुर सम्भावना रहेको क्षेत्र हो । यस क्षेत्रको आवश्यकताको पहिचान गरि त्यसको प्रवद्धन र भौतिक विकाससंगै पर्यावरणीय सन्तुलनका माध्यामबाट विकासका मोडलहरु मैले अगाढी सार्ने छु ।

जनतामा नेताहरुले कुरा मात्रै गर्छनन् तर काम गर्दैनन् भन्ने गुनासो छ । तपाई अरु भन्दा आफूलाई कसरी फरक राख्नुहुन्छ ?

ठिक हो, जनतामा एक खालको त्यो गुनासो मैले पनि पाएको छु र मेरो विगत हेर्नुभयो भने पनि म आजसम्म कुनै गलत काममा मुछिएको छैन् । निरन्तर यहि क्षेत्रमा रहेर जनताको हरेक सुख दुःखमा साथ दिदै आएको छु । राजनिति गर्ने मान्छे सबै खराव हुँदैनन् भनेर म प्रमाणित गर्न चाहन्छु । मैले आजसम्म निष्ठाको राजनिति गरेँ र अव पनि भष्ट्रचारबाट मुक्त निष्ठा र विचारको राजनिति गर्न चाहन्छु ।

स्थानिय तहको मतको आधारमा त तपाईको अवस्था सन्तोष जनक छैन्, तपाई कसरी चुनाव जित्नुहुन्छ ?

स्थानिय तहको मतका आधारमा नै हार जितको मुल्याङकन गरिनुहुन्न । जनताको मत भनेको बदलिरहने कुरा हो र अर्को कुरा स्थानिय तहको निर्वाचनमा यस क्षेत्रमा हाम्रो पार्टी भित्र पनि केही आन्तरिक समस्याहरु रहेका थिए, त्यो अहिले समाधान भइसकेको छ । हामी नेपाली काँग्रेसको जितका लागि एक ढिक्का भएर लागेका छौँ । फेरी यस क्षेत्रका जनताले मेरो विगतको भुमिकालाई पक्कै मुल्याङन गर्नुभएकै छ । म त भन्छु स्थानिय तहमा एमालेले जितेको छ र प्रदेशमा हामीले जित्दा अझ बढि विकासमा प्रतिशपर्धा हुन्छ । कसले बढि विकास गर्ने भन्ने प्रतिशपर्धाले काम गर्दा अझ बढि यस क्षेत्रको विकास हुनसक्ने हुँदा मलाई नै प्रदेश सभामा विजयी गराउनुहुन पनि म मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु । मेरा प्रतिशपर्धी जो, यस भन्दा अघाडी पनि परिक्षित भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँबाट यस क्षेत्रका जनताले खासै आशा गरेका छैनन् । र मलाई नै प्रदेश सभाको सदस्यमा विजयी गराउनुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु ।

अन्त्यमा..?

म दैनिक प्रशासन चलाउन मात्रै सांसद बन्ने हैन । भष्ट्राचारबाट मुक्त निष्ठा र विचारको राजनिति गर्दै विकास र सम्बृद्धिको ढोका खोल्न सांसद बन्दैछु । तसर्थ यस क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई आफ्नो विवेकको मत दिएर मलाई विजयी गराउनुहुन अनुरोध गर्दछु । तपाईहरुले पनि मेरा कुरा जनतासम्म पुर्याउनका लागि तपाईको मिडियामा स्थान दिनुभो त्यसका लागि धेरैधेरै धन्यबाद ।

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...