Motivate News

अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

मंसिर १७, काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका हुन् । शिक्षाक्षेत्रका विज्ञहरूले समेत विषयगत लाइसेन्स दिने कुरामा सकारात्मक प्रतिक्रिया दिएका छन् । एकभन्दा बढी विषयमा लाइसेन्स लिन चाहनेलाई समेत उपलब्ध गराउन सक्ने गरी तयारी गरेको हो ।

निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स
आयोगले शिक्षकलाई अहिलेसम्म तहगत मात्र लाइसेन्स दिने गरेको छ । आयोगका अनुसार तहगत रूपमा लाइसेन्स दिँदा विषयवस्तुमा राम्रो ज्ञान भएका शिक्षक कम आउने गरेका छन् । ‘शिक्षाको गुणस्तरीयताका लागि शिक्षकलाई विषयको किटान गरेर लाइसेन्स दिनुपर्ने अवस्था छ, निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स दिनुपर्छ भन्नेमा लागेका छौँ,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने ।

साढे सात लाखसँग अध्यापन अनुमतिपत्र
आयोगका अनुसार अहिलेसम्म साढे सात लाखले लाइसेन्स लिएका छन् । ०६१ देखि वितरण गर्न सुरु गरेकामा ०७४ सम्ममा सात लाख ६५ ले लाइसेन्स लिएका छन् । आयोगका अनुसार सबैभन्दा बढी निमावि तहका लागि अध्यापन अनुमतिपत्र वितरण भएको छ ।

प्रतिकृया दिनुहोस्

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै...

गरीब , जेहेन्दार तथा दलित बालबालिकालाई छात्रवृत्ति

असार ३, पाल्पा – सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर...

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि...

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत...