Motivate News

रियल मड्रिड एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरीमा रोकियो

 

मंसिर १७, काठमाडौं – कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड रियललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।

२९औँ मिनेटमा सोसिडाडका विलियम जोसेले पेनाल्टीमा गोल गरेपछि एथ्लेटिको १-० ले पछि परेको थियो। पहिलो हाफमा सोसिडाडले उक्त अग्रता कायमै राख्यो। तर दोस्रो हाफमा एथलेटिकोले २ गोल फर्कायो। ६३औँ मिनेटमा फिलिपे लुइसले बराबरी गोल गरे भने ८७औँ मिनेटमा ग्रीजमनले गोल गर्दै एथ्लेटिकोलाई ३ अंक दिलाए।

जितपछि १४ खेलबाट ३० अंक जोडेको एथ्लेटिको छिमेकी रियललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ भने दोस्रो स्थानको भ्यालेन्सियासँग अंक दूरी १ मा झारेको छ। यस्तै रियलमाथि २ अंकको अग्रता बनाएको छ। रियलको समान खेलबाट २८ अंक छ।

विल्वाओको घरेलु मैदानमा भएको खेलमा कप्तान रामोसले ८६ मिनेटमा दोहोरो पहँलो (रातो) कार्ड पाएपछि रियल अन्तिम समय दश खेलाडीमा झरेको थियो। रामोस ला लिगामा सर्वाधिक (१९) रेड कार्ड पाउने खेलाडी बनेका छन्।

डेपोर्टिभा ला कुरानालाई २-० ले पराजित गरेको सेभियाले रियलसमान २८ अंक जोडेको छ तर गोलअन्तरमा पछि पर्दै सेभिया पाँचो स्थानमा यथावत छ। सेभियाका लागि विसन वेन येडर र माइकल कोहन देहलीले गोल गरे।

ला लगामा यस सिजन अपराजित रहेको बार्सिलोना १४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा छ भने अर्को अपराजित टोली भ्यालेन्सिया १३ खेलबाट ३१ अंक जोड्दै दोस्रो स्थानमा छ।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...