Motivate News

काठमाडौं ४ का बुद्दिजीवी भन्छन, ‘हाम्रो साथ राजन भट्टराईलाई’

काठमाडौ – बाम गठ बन्धन काठमाडौं क्षेत्र नं ४ बुद्दिजीवी सहयोग समितिको बृहत भेला सम्पन्न भएको छ ।चावहिल स्थित ए वान पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एबम निर्वाचन परिचालन कमिटि काठमाडौं क्षेत्र नं ४ का संयोजक धर्म दत्त देवकोटा रहेका थिए ।कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा। राजन भट्टराई ,प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल ,प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की ,समानुपातिक तर्फका उम्मेदवारहरु निर्मल देउला ,सुन्दर पुर्कुटी,अमर विक र सुनिल कुमार मानन्धरको पनि उपस्थिति रहेको थियो ।

बुद्दिजीवी सहयोग समिति काठमाडौं ४ का संयोजक प्रा।जगत प्रसाद उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा ठाकुर प्रसाद खकुरेल, सुरेस कर्माचार्य ,राजेश भट्टराई ,बिष्णु लामिछाने ,सीता ओझा ,डा ।ऋषिराम आचार्य ,प्रा।डा रामचन्द्र भट्टराई ,प्रा।डा विदुर उपाध्याय ,प्रा ।डा।गणेश गुरुङ ,प्रा।डा शिव कुमार राई ,प्रा।डा गोपाल पोख्रेल , राम कुमार श्रेष्ठ ,परमानन्द शाक्य ,विदुर वस्ती र महेन्द्र बहादुर कार्की लगायत विभिन्न क्षेत्रका प्रभुद्ध ब्यक्तितहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेलले देशमा स्थायित्व र विकासका लागि बाम गठ बन्धनको जीत हुनुपर्ने भन्दै ऐतिहासिक महत्व बोकेको आफ्नो क्षेत्रमा जनताले यस पटक आफुलाई रोज्ने बताएका थिए ।महानगरका ४ वटा वडा रहेको प्रदेस १ मा जनमत बढ्दै गएको भन्दै कुइकेलले सम्पूर्ण बुद्दिजीवीलाई सहयोगको अपिल गरेका थिए ।

त्यस्तै प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले यस क्षेत्रमा बुद्दिजीवीहरुले सधै पार्टी र संगठन निर्माणमा सहयोग गरेको भन्दै यो निर्वाचनमा पनि दरिलो साथ पाएकोमा धन्यवाद दिएका थिए ।२ पटक क्षेत्रीय अध्यक्ष भएका कार्कीले क्षेत्र नं ४ का १२ वटै शाखामा रहेका बुद्दिजीवी हरु संग सहकार्य गर्ने अवसर आफुले पाएको भन्दै उनीहरुको उर्जा र सोचले केहि नया काम गर्न प्रेरणा प्रदान गरेको धारणा राखेका थिए ।

सो कार्यक्रममा बोल्दै डा। राजन भट्टराईले अगिल्लो पटक भन्दा यस पटक काठमाडौं ४ मा बुद्दिजीवी हरु सक्रिय बनेको भन्दै यो परिवर्तनको समयमा बाटो देखाउने पथ प्रदर्शक को काम बुद्दिजिविको भएको बताए । उनले आफु पार्टी संगठनको क्षेत्रमा बुद्दिजीवीहरुको नजिक भएको भन्दै सबैलाई सचेत बनाउने कार्यभार बुद्दिजिविको काधमा आएको बताएका थिए ।आफुले घर दैलोको क्रममा जनताको अपार माया र समर्थन प्राप्त गरेको बताउदै डा। भट्टराईले अवका केहि घण्टा सचेत भएर लाग्न सबैलाई अनुरोध गरेका थिए ।

प्रमुख अतिथि देवकोटाले बुद्दिजीवीहरुको भूमिकाका बारेमा धारणा राखेको सो कार्यक्रममा ठाकुर प्रसाद खकुरेलले सबैलाई स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...