Motivate News

जनतामाथिको पीडा र अन्याय देख्दा ममाथिको अन्याय सामान्य रहेछ : नवराज सिलवाल

ललितपूर – प्रतिनिधिसभा निर्वाचनका लागि ललितपूर जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार एवम् नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवालले विगतमा आफूलाई प्रहरी प्रमूख बन्न नदिने विपक्षी शक्तिहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा सिलवालले उम्मेदवार भएर ललितपूरवासी मतदाताको घरदैलोमा जाँदा नै उनीहरुको दुख र पीडासँग साक्षात्कार गर्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरे।

‘‘दक्षिण ललितपूरवासी जनताको दुख र समस्याको अगाडी ममाथिको अन्याय केही पनि होइन।’’ सिलवालले भने, ‘‘विगतदेखि नै ललितपुरवासी जनता अनेक दुख,पीडा अनि अन्यायबाट पिल्सिदै आएका छन् ,त्यस्ता अन्याय र दुखको अगाडी ममाथि सरकारले गरेको अन्याय धेरै सानो हो,त्यही अन्यायले गर्दा मलाई जनताको घरदैलोमा पुर्याएको छ,त्यसैकारण म शेरबहादुर देउवा लगायतका मेरा विपक्षीहरुप्रती हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु।’’

लामो समयसम्म प्रहरी सेवामा रहेर काम गरेका सिलवालले अब आफू एक जनप्रतिनिधि र जनताको सिपाही भएर जनताकै हक र अधिकारको लागि सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। यसघि चुनाव जितेर गएका नेताले आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएर मतदाताको भावना र विश्वासलाई लत्याएको र सिन्को पनि नभाँचेको कारणले गर्दा मतदाताहरुले एक असल नेताको विकल्प खोजेको र त्यही विकल्प आफूमा रहेको विश्वास जनताले घरदैलोको क्रममा गरेको सिलवालले बताए । साथै आफूले चुनाव जित्नेमा सतप्रतिशत ढुक्क रहेको दावी गर्दै उनले निर्वाचनपश्चात बाम गठबन्धनको दुईतिहाई बहुमतको सरकार बन्ने त त्यही सरकारले सँविधानको सफल कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल हुने प्रतिबद्धता व्यक्त गरे।

कुनै पद र कुर्सीको लोभ गरेर आफू राजनीतिमा नआएको पनि सिलवालले बताएका छन्। आफ्नो व्यक्तिगत हक र अधिकार भन्दा पनि जनताको हकअधिकारको लागि र जनतामाथि भएको अन्यायकै विरुद्दमा लड्ने भन्दै उनले आफूले जितेपछि ललितपुरको विकासमा ऐतिहासिक कायापलट आउने दावी गरे ।

प्रतिकृया दिनुहोस्

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौँ, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण...

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर, ३२ असार – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गर्नुभयो...

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही...

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी...