Motivate News

भारतीय रोमान्टिक स्टार शशी कपुरको निधन

मंसिर १८, काठमाडौं – भारतीय अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत क्रममा निधन भएको हो । १६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरेका शशी कपुरको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो ।

नाटकबाट कलाकारिता सुरु गरेका कपुरले सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ अभिनय सुरु गरेका हुन्। कपुरले अभिनय गरेको जब-जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायतका चलचित्र निक्कै मन पराइएका थिए ।

सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि एक्लो जीवन बिताइरहेका कपुरलाई सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर तापक्रम घटेसँगै चिसो बढेको छ । शनिबार  काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको थियो । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज...

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौं – गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन...

समानुपातिकमा पनि एमालेले अग्रता कायमै,३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाए

मंसिर २७, काठमाडौं – प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख ३२ हजार...