Motivate News

कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

 

मंसिर १९,काठमाडौं – प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी आफ्नो क्षेत्रका अधिकांश स्थानमा घरदैलो सकाएर अन्तिम दिन भोट माग्न बुढानीलकण्ठको चपली पुगेका थिए ।

सहयोगीसहित चपली पुेका उनी घरदैलो कार्यक्रममा अग्रपंक्तिमा थिए । समर्थक नाराबाजीसहित पछिपछि थिए ।

एक्कासी केही पड्किएको आवाज आयो । थापालई कसैले केही पदार्थले हिर्काएझै लाग्यो । भागाभागा भयो । थापाको कानबाट रगत आईरहेको थियो ।

प्रचारमा हिँडेकासहित १० जना विस्फोटबाट घाईते भए । घटना कसले गराएको भन्ने बारे सुरक्षा निकायले खुलाएको छैन ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको...

कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

काठमाडौं – शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही...

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । आजको नयाँ...

राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले...