Motivate News

कहाँ चुके सुरक्षा निकाय ? शृंखलाबद्ध विस्फोटले सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?

 

मंसिर १९,काठमाडौं – राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।

कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन् । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो ।

‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउनेबित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर गरेर साखुल्ले बन्न खोज्ने प्रवृत्ति पनि छ,’ स्रोत भन्छ, ‘यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ ।’ सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...