Motivate News

मौन अवधि सुरुः आजबाट प्रचारमा रोक, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज

मंसिर १९,काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।

मतदान मंसिर २१ गते बिहीबार हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ ।

‘निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम हुनुहुँदैन,’ निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘यो समय मतदाताको हो, यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने बेला हो ।’

प्रत्यक्ष प्रचार गर्न नपाए पनि यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले अनौपचारिक भेटघाट, घरदैलो, भोजभतेर तथा आर्थिक चलखेललगायत क्रियाकलाप गरी मतदाता प्रभावित पार्ने काम गरेको पाइन्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...