Motivate News

मतपेटिका रुङ्दै कार्यकर्ता, भवनमा बसेको ९ दिन पुग्यो, कुर्सीमै बित्यो रात

 

मंसिर १९,काठमाडौं – दशरथचन्द नगरपालिका–४ शाहीलेकका दशरथ टमटा नगरपालिका भवनमा बसेको ९ दिन पुग्यो । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मतपेटिका कुरुवा बसेका राप्रपा कार्यकर्ता टमटाको बासै त्यहीं छ ।

‘पार्टीले खटाएकाले आफ्नो काम छाडेर पनि बसेको छु,’ उनले भने, ‘सुरुको दिन कुर्सीमै बसेर रात बिताए, अहिले ओढ्ने–ओछ्याउनेको व्यवस्था छ ।’

मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षामा दलले २४ सै घण्टा कार्यकर्ता खटाएका छन् ।

उम्मेदवार र अधिकांश नेता–कार्यकर्ता दोस्रो चरणको निर्वाचन प्रचारमा हिँडेका छन् ।

उनीहरूले भ्रातृ संगठनका कार्यकर्ता कुरुवा छाडेका हुन् । कार्यकर्ताले सुरक्षाकर्मीझैं एकछिन नछाडेर मतपेटिका कुर्दै आएका छन् । खाना खानसमेत पालैपालो जाने गरेको उनीहरूले बताए ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिकृया दिनुहोस्

भूमिसुधार कार्यालयका नायब सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ

असार ३१, काठमाडौं – भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आइतबार कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक कार्कीले ३० हजार घुससहित...

नेपाल टेलिकमको मनसुन अफर,२५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध

असार ३१,काठमाडौं – नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू टेलिकमले जनाएको छ । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा...

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव

असार ३१,चितवन – वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण...

पहाडी जिल्लामा अझै बाढीको खतरा : सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

असार ३१, काठमाडौं – निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र...