Motivate News

कुलमान भन्छन्- कुनै पार्टीको विरोध र कुनैको समर्थन गरेको छैन

मंसिर १९,काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको पक्ष र विपक्षमा नलागेको बताएका छन् । उनले कुनै पार्टीलाई समर्थन र कुनैलाई आक्षेप लगाउने गरी अभिव्यक्ति पनि नदिएको बताए ।

कुलमानले कम्युनिष्टहरु ढोंगी हुने भएकाले आफू कांग्रेसको पक्षमा रहेको भनेको भनेर केही अनलाइनहरुमा समाचार आएका थिए । यो निकै विवादित भएपछि उनी स्पष्टीकरण दिन बाध्य भएका छन् ।
आफूले भन्दै नभनेको विषयलाई समाचार बनाइएको र मिडियाले गलत समाचार छापेको भन्दै कुलमानले खेद व्यक्त गरेका छन् ।

कुलमानले आफ्नो फेसबुक पेजमार्फत् स्पष्टीकरण दिएका छन् जसमा लेखिएको छ- मैले बोल्दै नबोलेको कुरालाई केही सञ्चारमाध्यमले मेरो हवाला दिएर चुनाव सम्वन्धी सामाग्री सम्प्रेषण गरेको पाइएकोले खेद व्यक्त गर्दछु । यस्ता गलत समाचार सम्प्रेषण नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’

कुलमानलाई माओवादी नेता जनार्दन शर्मा प्रभाकर ऊर्जामन्त्री बनेको बेला विद्युत प्राधिकरणको प्रमुखमा नियुक्त गरिएको थियो । पद सम्हालेलगत्तै उनले काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाहरुमा लोडसेडिङ हटाएका छन् ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...