Motivate News

स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं – स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ ।

उहाँले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाउनुभएको छ । उहाँले गाएका म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।उहाँको सम्झनामा नारायण गोपाल संगीत कोषले उहाँको निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । यसैबिच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदैछ ।

नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानित हुनुभएको थियो । त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने कोषका महासचिव उषा शेरचनले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

नेपाल म्यूजिक अवार्डको नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने

काठमाडौं— ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने भएको छ । चाहाना मिडियाको आयोजनामा आगामी बैशाख १५ गते हुन लागेको अवार्डको आवेदन फारम भर्ने समय सकिएसँगै आयोजकले नोमिनेशन सार्वजनिक गर्ने मिति तोकेको हो । सन् २०१७ भित्र उत्पादन भएका...

तुला पर्वतको निर्देशनमा रहेको गीत ‘जुन लुक्यो आकाशमा’को भिडियो सार्वजनिक

काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतले आमा गुमाएकी छोरीको...

गायक तेजश रेग्मीको कमेडी गीत “नेपालीलाई ग्यास्ट्रिक” सार्वजनिक…

काठमाडौँ – पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत स्रोत दर्शकको लागि प्रस्तुत गर्नेक्रममा तेजश रेग्मी र सिता के।सीको आवाजमा नयाँ गीत नेपालीलाई ग्याष्टिक भर्खर मात्र सार्वजनिक भएको छ । शब्द – मुकुन्द पौडेल गीतका सर्जक मुकुन्द पौडेल हाल कोरियामा रहेका छन...

गायक बिकाश बैद्यको “कस्तो सम्बन्ध” सार्बजनिक

काठमाडौँ – गायक बिकाश बैद्यको आवाजमा रहेको “कस्तो सम्बन्ध” बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । प्रेम दिवसको अबसरमा उक्त भिडियो सार्बजनिक गरिएको हो । प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको...