Motivate News

यसकारण किन्दैछ सेनाले ७ वटा हेलिकोप्टर: सरकारले दियो अनुमति

मंसिर २० ,काठमाडौं – सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ ।

विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो । आजको कारोबारको प्रथम पृष्ठमा यो खबर छापिएको छ ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।

 

यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर तापक्रम घटेसँगै चिसो बढेको छ । शनिबार  काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको थियो । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज...

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौं – गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन...

समानुपातिकमा पनि एमालेले अग्रता कायमै,३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाए

मंसिर २७, काठमाडौं – प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख ३२ हजार...