Motivate News

मतदाता परिचय पत्र छैन? यी कागजपत्र देखाएर पनि मतदान गर्न सकिन्छ

 

मंसिर २१, काठमाडौं – आज ४५ जिल्लामा हुने निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न उक्त व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आयोगले सूचना प्रकाशित गरी कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट भएमा मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रसमेतका आधारमा मतदान गर्न सक्ने जानकारी दिएको हो।

दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि भोलि बिहान ७:०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान दिन सकिने छ।

प्रतिकृया दिनुहोस्

साउनदेखि सबै श्रमिकले तलब बैंक मार्फत नपाउने

असार ३२,काठमाडौँ– सरकारले साउन १ गतेदेखि सबै क्षेत्रका श्रमिकको तलव अनिवार्य बैंक खातामार्फत भुक्तानी गर्नु पर्ने निर्णय कार्यन्वयन नगर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले क्षेत्र अनुसार छुट्टाछुट्टै मितिदेखि लागु हुने निर्णय गरेको हो। मन्त्री परिषद्को निर्णय अनुसार नेपाल सरकार,...

आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार – महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने...

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

काठमाडौँ, ३२ असार – उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू...

महिलालाई बलात्कार गर्ने चार बलात्कारी रंगेहात पक्राउ

गाईघाट, उदयपुर, ३२ असार – एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...