Motivate News

दिलिप रायमाझीको अभिनय रहेको चलचित्र ‘गोरे’ २९ गतेदेखि प्रर्दशनमा आउने

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा दिलिप रायमाझी एक स्थापित र लोकप्रिय नाम हो । नेपाली चलचित्रको श्रीबृद्धिको लागि दिलिप रायमाझिको ठूलो योगदान रहेको छ । डान्स गर्न जान्ने नायकको खाँचो परिरहेको समयमा दिलिप रायमाझिले नेपाली चलचित्रमा एकछत्र राज्य गरेका थिए । पछिल्लो समय उनका चलचित्रको संख्या कम भएपनि उनको लोकप्रियता भने कम भएको छैन । कहिले अमेरीका त कहिले नेपाल बस्दै आएका नायक दिलिप रायमाझीको लामो समयको अन्तरालपछि चलचित्र ‘गोरे’ रिलिज हुन लागेको छ ।

चलचित्र गोरेमा दिलिपले शीर्ष भुमिका निर्बाह गरेका छन् । गाउँले परिवेश देखि शहरीया परिवेश सम्मको क्यारेक्टर अथवा सोझो गोरे देखि स्मार्ट गोरेसम्मको अभिनय उनले चलचित्र गोरेमा गरेका छन् । चलचित्रको कथा दिलिप रायमाझी कै लागि लेखिएको र यस्तो क्यारेक्टर दिलिप बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राइ बताउछन् ।
यहि २९ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘गोरे’मा दिलिपको साथमा अनु शाह , राकेश कुमार राइ , गुनु घर्ति लगायतका कलाकारको अभिनय रहेको छ ।
सुर्य जिसिको प्रस्तुती एव रुपा जिसिको निर्माण रहेको चलचित्रलाइ हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी घायलको रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत  सुन्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

श्रीपञ्चमीको अवसर पारेर चलचित्र ‘पसिना’को फस्ट लुक सार्वजनिक

काठमाडौं – वर्षैपिच्छे श्रीपञ्चमीको अवसर पारेर सिनेमा घोषणा गर्दै निर्माण गर्ने निर्माण कम्पनी ननस्टप क्रियसनले गत वर्ष श्रीपञ्चमीकै दिन शुभ साईत गरी निर्माण प्रारम्भ गरेको ‘गरौं सत्कर्म वगाउँ पसिना’ भन्ने मुल नारा बोकेको कथानक चलचित्र ‘पसिना’ को सम्पूर्ण प्राविधिक कार्य सकेर प्रदर्शनको...

बिजय नारायण मानन्धरको राष्ट्रिय गीतमा सुरज प्रजापति र रेशु तामाङको अभिनय ( भिडियोसहित)

  काठमाडौं – ‘नँ छ सानु कोही यहाँ नँ छ ठूलो कोही यहाँ ,सबै भन्दा ठूलो गौरव म नेपाली भन्नुमा बोलको अति नै कर्णप्रिय र देशभक्तिले ओतप्रोत भएको राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतलाई बिजय नारायण मानन्धरले गाउनु...

धेरै समयपछि ‘दुई रुपियाँको बिंडी ’ बोलको  मौलीक गीत लिएर फर्किन सीता थापा(भिडियोसहित)

काठमाडौं – करिव दुई दशक अघि माकुरी जालैमा गीतबाट गीत संगीतको यात्रा सुरु गरेकी सुमधुर स्वरकी धनी लोक गायिका सीता थापा जसलाई नेपाली लोक संगीतको क्षेत्रमा काँठे भाकाकी रानी समेत भन्ने गरिन्छ । लामो समयको ग्यापमा भर्खरै १४ बर्ष पछि उनले एकल...

सबैको आखा रसाउने लोक गीत ‘बाचा तोड्यौ नि ’ (हेर्नुस भिडियो)

काठमाडौं –  चर्चित शब्दका खानि नेपाली सांगीतिक आकाशमा चिर परिचित नाम हो बाबुराम बोहोरा। अभिनयबाट परिचय बनायर हाल फेरी अर्को नाम निर्देशकमा पनि जम्न थालेका छन् एक पछि आर्को सफलताको खुड्किलो पार गर्दै आइरहेका बोहोरा तिर्सना म्युजिकका संचालक पनि हुन् । बजारमा...