Motivate News

कसरी छानिन्छन् समानुपातिक सांसद ?

मंसिर २६, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । जारी मतगणनाले कुन दलको कति सिट निर्धारण हुन्छ, सबैको चासो छ । समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभा तर्फ देशलाई एकै क्षेत्र मानेर दलहरूले प्रतिस्पर्धा गर्छन् । त्यस्तै प्रदेशगत रूपमा भने सिङ्गो प्रदेश एक निर्वाचन क्षेत्र कायम हुन्छ । दुवैतर्फ निर्वाचन क्षेत्रबाट प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँट हुन्छ ।

कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुने छैन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्था अनुसार सबै निर्वाचन क्षेत्रबाट विवरण प्राप्त गरिसके पछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद सङ्ख्या तय गर्नेछ । दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट सङ्ख्या बाँडफाँट गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँट छिनोफानो हुनेछ । मतपरिणाम विभाजक सूत्रका अनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइनेछ । यसअनुसार दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजक अङ्कले भाग गरिन्छ । उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अङ्कले भाग गरी सिट निर्धारण गरिन्छ । सिट सङ्ख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै तोकिएको सिट नसकिँदा सम्म बाँडफाँट गरिनेछ । सिट बाँडफाँट गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही सिटको बाँडफाँट हुन्छ ।
एक सिटका लागि थ्रेसहोल्ड कति कायम हुन्छ भन्ने अङ्क गणित नमिल्न सक्छ । मत विभाजक सूत्रका आधारमा अन्तिम सिट सम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ । थ्रेसहोल्ड नकटाउने दलले सिट पाउँदैनन् । र यस्ता दलहरूले पाएको मत एक हिसाबले खेर नै जान्छ । निर्वाचन आयोगको संस्थागत जानकारीमा मत कायम रहन्छ । यस्तो मत बाहेकका बाँकी मत मात्र थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा बाँडफाँट हुन्छ । बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित सिट सङ्ख्याका आधारमा दललाई सिट बाँडफाँट हुन्छ ।
यसरी सिट बाँडफाँट गर्दा तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन । यसरी थ्रेसहोल्ड नकटाउने दलले पाएको मत खेर नै गए पनि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई अप्रत्यक्ष फाइदा हुन्छ । यसले सिट पाउन चाहिने न्यूनतम मत सङ्ख्यालाई कम गर्नेछ ।
गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्

स्वैच्छिक अवकाशमा उच्च अधिकृत नै आकर्षित: यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

संसद्का दुई सचिवले दिए निवेदन / सिडिओहरू पनि अवकाश रोज्दै / यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

काठमाडौं – समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् । आजकोनयाँ पत्रिकामा खबर छ । २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा...

राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार: जिल्ला तहका पार्टी कार्यकर्ताजस्ता उम्मेदवार

माघ १०,काठमाडौं – २०५९। अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर। उनको एउटै उद्देश्य थियो, ‘राजाले प्रतिनिधिसभा भंग गरे पनि अर्को जनप्रतिनिधि निकाय राष्ट्रियसभा क्रियाशील...

केपी ओलीदेखि अमरेशकुमार सिंहसम्मले रातो पासपोर्ट बुझाएनन् (सूचिसहित)

काठमाडौं – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका...

प्रदेशको अस्थायी राजधानीमा डेरा खोज्दै सांसद !

  बुटवल\हेटौँडा – शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो–डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘बुटवलमै दुई(चारवटा फ्ल्याट हेरेँ,...