Motivate News

समानुपातिकमा पनि एमालेले अग्रता कायमै,३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाए

मंसिर २७, काठमाडौं – प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ ।
नेपाली कांग्रेसले १७ लाख ३२ हजार ९ सय ७० मत ल्याउँदा एमालेसँग गठबन्धन गरेको नेकपा माओवादीले ४ लाख १६ हजार २४ मत आएको छ । यी ३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकमा ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकमा कुनै सिट पाउने छैनन् । चौथो स्थानमा रहेका संघीय समाजवादी फोरमले २ लाख २० हजार ५ सय १७ मत पाउँदा राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ६२ हजार ५ सय २७ मत ल्याउँदै पाँचौ स्थानमा छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १ लाख १८ हजार ५ सय ६५ मतसहित छैठौं स्थानमा रहँदा आठौं स्थानमा रहेको विवेकशिल साझा पार्टीको १ लाख १३ हजार ८ सय ६० मत छ । नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र राष्ट्रिय जनमोर्चाको भने एक लाख कटेको छैन ।

प्रतिकृया दिनुहोस्

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारीलाई पदमुक्त गर्न मिल्दैन :सर्वोच्च

साउन २,काठमाडौं – सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सरकारी पदाधिकारीलाई वर्तमान सरकारले पदमुक्त गर्न नमिल्ने आदेश दिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले देउवा सरकारले निर्वाचन आयोगको...

जीप दुर्घटना : ७ को ज्यान गयो, घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिँदै

साउन २, रुकुम पूर्व – सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ७ जनाको...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

फलेवास, पर्वत, २ साउन – गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा...