Motivate News

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३ औँ मिनेटमा पाएको फ्रि किको अवसरलाई रोनाल्डोले गोलमा परिणत गर्न सफल भए पछि रियलले जित हात पारेको हो । दुवै तर्फबाट गोलका सुन्दर अवसरहरु प्राप्त भए पनि थप अरु गोल हुन सकेन र रियलले बाजी मार्यो । रियलले गत बर्षको क्लब फुटवलको उपाधि पनि जितेको थियो ।

प्रिमियर लिग अन्तर्गत गयराति भएको खेलमा जित निकाल्दै म्यान सिटीले आफ्नो अपराजित यात्रा कायमै गरेको छ । राति भएको खेलमा टोटनह्यामाथि ४ एकको सानदार जित निकाल्दै सिटीले लगातार १६ औं खेल जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजनमा लगातार सबैभन्दा धेरै खेल जित्ने तथा सम्रगमा पनि लगातार सबैभन्दा धेरै खेल जित्ने टिम बनेको हो । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको होडमा आफूलाई उभ्याउँदै आएको टोटनह्यामलाई ४–१ ले हराएर सिटीले यो कीर्तिमान बनाएको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा इल्के गनडोगन र केविन डि ब्राउनले एक एक गोल गरे । टोटनह्यामका लागि क्रिष्टियन एरिक्सनले एक गोल फर्काए । जितपछि लिडर म्यानचेस्टर सिटीले १४ अंकको अग्रता लिएको छ । उसको १८ खेलबाट ५२ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ अंक छ । पराजित भएको टोटनह्याम ३१ अंकसहित सातौं स्थानमा छ ।यस्तै राति नै भएको खेलमा आर्सनलले
उता

प्रतिकृया दिनुहोस्

क्रिस गेलको सतकमा पञ्जावद्वारा हैदराबाद १५ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएपछि किङ्स इलेभन पञ्जावले सनराइजर्स हैदराबादलाई १५ रनले पराजित गरेको छ । आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरेपछि...

आईपीएलः मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४६ रनले हरायो

काठमाडौं – इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४६ रनले हराएको छ । मंगलबार राति भएको खेलमा बैंग्लोरका कप्तान विराट कोहलीले नटआउट ९२ रन बनाए पनि हार टार्न सकेनन् । पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २१३...

रोमाको शानदार जित, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

चैत्र २८,काठमाडौं – पूर्व च्याम्पियन बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा ४–१ को जित निकालेर बलियो स्थितीमा रहेको बार्सिलोना दोस्रो लेगमा रोमाको मैदानमा ३–० ले पराजित भयो ।...

ब्राजिलले लियो सन् २०१४ विश्वकपमा हारको बदला जर्मनी १–० ले पराजित

काठमाडौं – विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको छ । विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको...