Motivate News

प्रदेशसभाका लागि आवश्यक संरचना, के मा कति लाग्छ खर्च ?

 

काठमाडौं – संघीयता कार्यान्वयनको केन्द्रविन्दु मानिएको प्रदेशसभाका लागि आवश्यक संरचना तयार गरी सेवा सुरु गर्न तत्काल ४ अर्ब ५५ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

प्रदेश तहका अस्थायी भवन संरचना निर्माणका लागि करिब ६३ करोड, भवन निर्माणमा २ अर्ब ४५ करोड र कर्मचारी व्यवस्थापनका लागि १ अर्ब ४७ करोड गरी तत्काल ४ अर्ब ५५ करोड लाग्ने सरकारी अनुमान छ ।

यसबाहेक प्रदेश तहमा स्थायी संरचनासहित सेवा प्रभावकारी र अवरोधमुक्त बनाउन आगामी ३ वर्षमा करिब १ खर्ब १५ अर्ब रुपैयाँ आवश्यक पर्ने सरकारी अनुमान छ ।

प्रदेश राजधानी कहाँ रहने र मन्त्रिपरिषद्को आकार कस्तो हुने भन्ने कुराले पनि आवश्यक स्रोत र साधन निर्धारण गर्नेछ । किनकि प्रदेश राजधानीका सम्भावित स्थानबीच नै पूर्वाधारको ठूलो अन्तर छ ।

संविधानमा प्रदेशसभाको मन्त्रिपरिषद् गठन गर्दा मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरिएको छ । संविधानको उक्त व्यवस्थाअनुसार सातै प्रदेशमा गरी ५ सय ५० प्रदेशसभा सदस्य रहने हुँदा प्रदेशमा कुल मन्त्रीको संख्या १ सय १० रहनेछ ।

यसअघि २१ वैशाखमा सरकारले संघीय संरचना कार्यान्वयनपछि केन्द्र र प्रदेशमा आवश्यक मन्त्रालय संख्या यकिन गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको संयोजकत्वमा संघीय प्रशासनिक पुन:संरचना समिति गठन गरेको थियो । समितिले केन्द्रमा बढीमा १५ मन्त्रालय र प्रदेशमा ७ मन्त्रालयको सिफारिस गरेको छ ।

यो खबर आजको कान्तिपुरमा छ, सातवटै मन्त्रालय रहँदा पनि प्रतिमन्त्रालय ४० देखि ५० कर्मचारी रहने हिसाबले प्रदेश सरकारअन्तर्गत २२ सयदेखि २३ सयको हाराहारीमा कर्मचारी आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस्

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड, कुन क्षेत्रलाई कति छुट्याइयो ?

साउन १, भक्तपुर – भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित  एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत  ९८ करोड ८६ लाख ८३ हजार तथा...

नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा

काठमाडौं – नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सुरु हुनेगरी सञ्चालनमा ल्याएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज...