Motivate News

मन्त्री बन्दै रामवीर, सहरी विकासमा चर्चा

काठमाडौं – प्रतिनिधी सभामा वाम गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकार नेतृत्व नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने करिब निश्चित छ । नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धन निमार्ण गरेर चुनावमा गएपछि प्राप्त स्पष्ट बहुमतको नतिजाले वाम गठबन्धनलाई सरकार बनाउन सजिलो भएको हो । प्रधानमन्त्रीमा केपि ओली करिव निश्चित भएपनि मन्त्री परिषदका अन्य सदस्यहरु को ? र कस्ता ? आउलान भन्ने प्रश्न सर्वत्र चासो र बहसको रुपमा रहेको छ । संविधान अनुसार नयाँ बन्ने सरकारको मन्त्री परिषद जम्मा २५ जनाको हुनेछ । यस वीच आउँदो सरकारमा क–कसलाई समेट्ने भन्ने विषयमा भावि प्रधानमन्त्री ओलीले भित्रि गृहकार्य गरिरहेको बुझीएको छ ।

ओलीले यस अघिनै आउँदो सरकारमा क्षमतावान र अनुभविलाई प्राथमिकता दिने बताइसकेकाले मन्त्री बन्नका लागि सांसदहरु भित्री लविङमा लागिरहेका छन् । प्राप्त जानकारी अनुसार अव मन्त्री बन्नेमा ओलीले केही नामहरु करिव टुङग्याएको बुझिएको छ । माओवादी सहितको सहभागितामा सरकारले पुर्णता पाउने र एमालेको भागमा करिव १५ मन्त्रालय आउने देखिएकाले सोही अनुसार योग्य र क्षमतावान सांसदहरुको लिस्ट तयार पारिएको श्रोतले जानकारी दियो । एमालेबाट मन्त्री हुनेमा योगेश भट्टराई, घनश्याम भुसाल, पद्मा अर्याल, रामवीर मानन्धर, शेरवहादुर तामाङ, लालबावु पण्डित, यज्ञराज सुनुवार, रविन्द्र अधिकारी, रघुवीर महासेठ, छविलाल विश्कर्मा लगायतको नाम अग्रपंतिमा समेटिएको बुझिएको छ ।

एमाले सचिव योगेश भट्टराइले सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ भने प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपाका विक्रम थापालाई भारी मतान्तरले पराजित गरेका एमाले सांसद रामवीर मानन्धरलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइन लागेको चर्चा छ । २०४९ साल देखि २०७४ सालसम्म वडाध्यक्ष देखि सांसदसम्ममा अपराजित रहेका मानन्धरको विगतको अनुभव र उनको क्षमतालाई मुल्याङकन गर्दै सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन ओली सकारात्मक रहेको विश्वस्त श्रोतले जानकारी दिएको छ ।

ओलीका विश्वास पात्रको रुपमा चिनिने मानन्धरले आफूलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिए नमुना काम गरेर देखाउने बताएका छन् ।
त्यस्तै, अरुको पनि योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिइने ओली निकट श्रोतले जानकारी दियो ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

नेपाल निजामति कर्मचारी यूनियन(संघ) मा यस कारण मेरो उम्मेद्बारी : बुढाथोकी (भिडियो सहित)

काठमाडौं – नेपाल निजामति कर्मचारी यूनियन(संघ)को सातौँ राष्ट्रिय महाधिवेशन आउँदो फागुन ८,९ र १० गते चितवनमा सम्पन्न हुदैछ । संघका बर्तमान सचिव राजेन्द्र बुढाथोकी भावि नेतृत्वको दावि गर्दै अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । उनै बुढाथोकी संग हामीले उनको उमेद्वार किन...

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिले...

प्रदेश प्रमुख कार्यालयमा सहसचिवः कुन प्रदेशमा को खटिए ?

काठमाडौं – प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यालयमा सचिव पठाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका कर्मचारी नेपाल सरकारका सहसचिव सरहका कर्मचारी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा...