Motivate News

गोठालाको छोरो हुँ, म सँग दम्भ छैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ बोकेर नहिँडेको बताएका छन् । केही सञ्चार माध्यममा चुनाव जितेपछि अध्यक्ष ओलीले दम्भ बोकेर हिँडेको समाचार आइरहेका बेला ओलीले बाँचुन्जेल इमानका साथ काम गर्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका स‌ंस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्म जयन्ती कार्यक्रमलाई ललितपुरको भैँसेपाटीमा शनिबार दिउँसो सम्बोधन गर्दै ओलीले गोठालाको छोराले शासकीय दम्भ र रवाफ देखाउनु कुनै जरुरी नभएको स्पष्टिकरण दिए ।

‘म गाई भैँसी चराएर हुर्किएको मान्छे । मैले शासकीय स्वभाव बोकेको पनि छैन, म शासक होइन, सेवक भएको मान्छे हो , उनले भने, मैले कहीँ कसैलाई दम्भ देखाउन आवश्यक छैन । हलो जोतेको बाबुको छोरो हुँ, मैले पनि हलो नै जोतेको हुँ । किन मैले दम्भ देखाउनु ? अब मेरो पुरै ध्यान देशको विकासमा लाग्नेछु । मेरो आयुको कसैले चिन्ता लिनु पर्दैन । ११ वर्ष अघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने, उनले भावुक हुँदै भने । ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन । ओलीले भने

अध्यक्ष ओलीले सत्तापक्ष या प्रतिपक्ष कसैले पनि एकापसमा दम्भ देखाउनु जरुरी नभएको बताए । कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष ओलीले कांग्रेसका स‌ंस्थापक नेता किसुनजीसँग आफ्नो कहीँ कतै तुलना नहुने बताए । उहाँसँग मेरो कुनै पनि रुपमा तुलना हुन सक्दैन, ‌ओलीले भने, जहानियाँ राणा शासनबाट देशलाई नयाँ युगमा ल्याउने किसुनजीहरु नै हुनु हुन्छ । संसदमा उहाँसँगै बस्ने मौका पाएको थिएँ । उहाँ साह्रै सरल र खुल्ला हृदयको व्यक्ति हुनु हुन्थ्यो ।

अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ७ः मुख्यमन्त्रीलाई कालो झण्डा, यस्तो छ कारण !

धनगढी – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्रीको सपथ खाएपछि पहिलो पटक कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालोझण्डा देखाइएको हो । प्रदेश सरकार र राष्ट्रिय सभामा पनि दलितको प्रतिनिधित्व कम भएको भन्दै मुख्यमन्त्री भट्टलाई...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङको लबिङ यस्तो

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमाले भित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ...

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यालयका टेवलै पिच्छे...

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् ।...