Motivate News

नेइमार रियल मड्रिड जाने पक्का

काठमाडौं – कीर्तिमानी रकममा यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मनी गएका ब्राजिलियन स्टार नेइमार स्पेपेनिस क्लब रियल मड्रिडमा आवद्ध हुने तयारीमा रहेको खबर बाहि आएको छ।

स्पेनिस पत्रिका डायरिओ गोललाई उद्धृत गर्दै एक्सेप्रस युकेले दिएको खबर अनुसार। नेइमारका पिता नेइमार सिनियरले रियल मड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टनो फेरेजसँग यस विषयमा कुराकानी गरेको र २०१९/२० को सिजनदेखि रियलमा आवद्ध हुनेगरी सम्झौता भएको बताइएको छ।

नेइमार दुई सिजन पिएसजीमै रहेर क्लबलाई उपाधि दिलाउन चाहेको जनाइएको छ। १९८ मिलियन पाउण्डमा पिएसीमा आवद्ध भएका नेइमारले रियल मड्रिडसँग सम्झौता गर्दा २२२ मिलियन पाउण्ड प्राप्त गर्ने पनि उल्लेख गरिएको छ। रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको विकल्पको रुपमा नेइमारलाई तयार पार्ने योजनामा रियल मड्रिड रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ । गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक...

ब्राजिलियन मिडफिल्डर कोन्टिन्हो बार्सिलोनामा अनुबन्ध

काठमाडौं – ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको...

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...

पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो । जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको...