Motivate News

कुलमान घिसिङले भारतसंगको  विद्युत् खरिद सम्झौता चैत १५ सम्मका लागि नवीकरण गरे 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेड बीच आगामी चैत १५ गते सम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्ग बीच हिजो भारतको नयाँ दिल्ली स्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो ।

हिजो बिहानै उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेको थियो । नयाँ दिल्लीबाट कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिए । सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारी बीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायत विषयमा छलफल भएको थियो ।
राजधानीबाट

प्रतिकृया दिनुहोस्

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड, कुन क्षेत्रलाई कति छुट्याइयो ?

साउन १, भक्तपुर – भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित  एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत  ९८ करोड ८६ लाख ८३ हजार तथा...

नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा

काठमाडौं – नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सुरु हुनेगरी सञ्चालनमा ल्याएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज...