Motivate News

ओली र प्रचण्ड भेटघाट :पार्टी एकतालाई जोड

काठमाडौँ – निर्वाचनमा वामगठबन्धनले अत्याधिक बहुमत हासिल गरे । निर्वाचनमा एकअर्कामा धोका हुने अनुमानलाई एमाले र माओवादी केन्द्र दुवैतर्फका कार्यकर्ताले गतल सावित गरिदिए । निर्वाचनको परिणाम आउन थालेपछि दुवैतर्फका कार्यकर्ता एकता हुनेमा ढुक्क भए । निर्वाचन परिणाममा प्रत्यक्षतर्फ एमाले ८० सिट जित्दै सबैभन्दा ठुलो पार्टी बन्यो भने समग्र भोट र समानुपातिकको आधारमा त कांग्रेस दोस्रो ठुलो पार्टी भएपनि प्रत्यक्षतर्फको सिट संख्याको आधार ३६ सिट जित्दै माओवादी दोस्रो भयो ।

माओवादी अध्यक्षलाई कांग्रेस र मधेसवादी दलले प्रधानमन्त्रीको प्रस्ताव गरे । अनि प्रचण्ड अलमलमा परे । अनि उनले आलोपालोको कार्ड फ्याले । गृहजिल्ला चितवन गएर केही दिने विताए त्यसको चौतर्फी आलोचना भयो । एकता संयोजन समितिको बैठकमा समेत प्रचण्डको कारण दुई पटक स¥यो । समग्र राजनीतिमा गतिरोध उत्पन्न भयो । शंका उपशंका पनि उत्तिकै उब्जियो । यही बेला फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष वलीको भेटघाट पछि नयाँ घटनाक्रम चर्चा चल्न थाल्यो । एमाले र फोरमको सिट संख्याले प्रतिनिधि सभामा बहुमत पुग्ने भएका कारण स्वयम् माओवादी अध्यक्ष प्रचण्ड समेत अत्तालिए ।

एमालेको १२१ र फोरमको १६ जोड्दा १३७ हुन्छ । त्यो प्रतिनिधि सभाको २७५ सिटको बहुमत हो । रुपन्देहीमा पुगेर फोरम र एमालेको सरकार बनाउने कसरत भइरहेको भन्दै दुखेसो पाखे । केही समय देखि अल्झिएको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको भेटले नयाँ तरङ्ग ल्याएको छ । बुधबार भएको ओली र प्रचण्ड विच देउवा सरकारले सरकार गठनको लागि मार्ग प्रशस्त गर्नु पर्ने, वाम एकता र राष्ट्रिय सभा अध्यादेशका विषयमा कुराकानी भएको छ । दुवै नेताले पार्टी एकतालाई जोड दिएका छन् । सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि दुई अध्यक्ष बीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश बारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...