Motivate News

राष्ट्रियसभा सदस्यका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी नहुँदै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले १५ दिन भित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको हो ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, ०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनु पर्ने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न गरी सङ्घीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमै हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।
गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानीयवासीको स्वागतले आफू खुशी रहेको बताएका छन्। रौतहटको मत्सरीमा रहेको दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पूजापाठपछि यस्तो बताएका हुन्। पूजापछि संचारकर्मीको प्रश्नको जवाफमा आफूले नयाँ पार्टी खोल्ने कुनै सोच नराखेको बताउँदै आफ्नो भूमिकाको बारेमा जनताले नै मूल्यांकन...

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...