Motivate News

पुर्वी क्षेत्रको सांगीतिक बजार हल्लाईरहेका को हुन् वीरेन्द्र श्रेष्ठ ?

काठमाडौं – नेपाली सुगम सगिंतमा परिचित नाम हो वीरेन्द्र श्रेष्ठ, नेपालको पुर्वी क्षेत्रको हरेक सागिंतिक कार्यक्रममा र्दशक श्रोताको पहिलो रोजाईमा पर्ने श्रेष्ठ हरेक गीत संगितमा श्रष्टाको अथक मेहनत र लगानी परेको बताउनुहुन्छ । गत पौष १५ मा पाचँथरको फिदिममा आयोजित बृहत सांगितिक कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिदै गर्दा गीतकार अम्वीका गुरुङ्ग, दिपक शर्मा, गायक अरुण थापाको सम्झना गर्दै आफ्नो प्रस्तुती दिनुभएको थियो । कमैमात्र गायकहरु यसरी श्रष्टाहरुको सम्झना र समर्पणबाट आफ्नो प्रस्तुतीको श्री गणेश गर्दछन् । ‘हुने विरुवाको चिल्लो पात’ भने झैँ  गायक श्रेष्ठको गायन कलामा निखार आउदै गएको बताउछन् र्दशक श्रोता ।

ताप्लेजुङ्गको सिनाममा जन्मी बारीको पाटोबाट आफ्नो अध्ययन सुरु गर्नु भएका श्रेष्ठ गाउघरमा प्रकृतीबाट आउने आवाज नै सुमधुर संगित रहेको बताउनुहुन्छ । सोही प्रकृतीमा रमेर गीत गाउदै स्कुल जाने वीरेन्द्र श्रेष्ठ युरोपबाट ईन्जिनियरिङ्गमा मास्टर्स त गर्नु भयो तर उहाको सानैदेखीको रहर भने औपचारिक शिक्षाले पुरा गर्न सकेन त्यसपछिका दिनमा श्रेष्ठ संगीतको पछि लाग्दै सानैदेखीको आफुले दवाएर राखेको क्षमता बाहिर ल्याउनु भयो पहिलो एल्वम् ‘सुचिन्दा’बाट ।

हजुर बुवा केवलमान श्रेष्ठकोे माया तथा बन्धनले होला अध्ययन लगत्तै २०५३ देखी देशको माटोले तानेपछी जन्मभूमीमै केही गर्नुपर्छ भनि नेपाल फर्की नेपाल बिद्युत प्राधिकरणबाट आफ्नो जागिरे यात्रा सुरु गर्नु भयो । सोही समयमा नेपालका प्रख्यात र चर्चित गीततकार, संगितकार तथा गायक गायिकाहरुको संगत सगै गीत गाउन प्रेरित हुनुभएका गायक श्रेष्ठ हाल कावेली ए जलबिद्युत आयोजनाको आयोजना प्रवन्धक रही देश उज्यालो बनाउने कार्यमा लाग्नु भएको छ ।

आफ्नो कार्य ब्यस्तता त छदैछ तर पनि हाल सम्म २० ओटा गीतमा स्वर भरि सक्नु भएका श्रेष्ठका १३ ओटा गीत बजारमा मात्र आएनन् ति गीतले श्रोतामा माझ चर्चा समेत बटुल्न सफल भएका छन् । गीत आफैमा एउटा कथावस्तुको बिम्व हो जसलाई सुनेर मात्र पूर्ण नहुने भएकोले श्रब्य दृश्य मार्फत श्रोताकहाँ जानु पर्ने र संचारको पहुचताले आफ्नो गोजीमा रहेको मोवाईलमा हेर्न तथा श्रवण गर्न पाउनु पर्ने अधिकार कायम भई सकेको यो समयमा केवल उत्कृष्ट गायन, संगित, र शब्दले मात्र पुग्दैन ।

गायक वीरेन्द्र श्रेष्ठले समयको मागलाई बुझेर केही गीतका भिडीयो समेत बजारमा ल्याई सक्नु भएको छ भने निकट भविस्यमै सि.आर.बिटी., पि.आर.बिटी रिङ्ग टोनमा समेत श्रेष्ठका गीतहरु सुन्न पाईने भएको छ । आफ्नो जन्म दिनको अवसर पारेर गायक श्रेष्ठले २०७५ बैसाख १० मा र्दशक श्रोतामाझ आफ्नो एल्वम् ‘सुचिन्दा’को प्ररिस्कृत स्वरुप बिमोचन गर्ने योजना रहको बताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...