Motivate News

काभ्रेको पनौतीमा पौष २१ र २२ गते आइटी मिट हुने

बनेपा – काठमाडौं  विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनीयरिङ डिपार्टमेण्टल क्लवको आयोजनामा २ दिने आइटी मिट हुने भएको छ ।

यही पौष २१ र २२ गते काभ्रेको पनौतीमा रहेको सूचना प्रविधि (आइटी) पार्कमा हुने आइटी मिटमा कम्प्युटरको हार्डवेयर र सफ्टवेयर सम्बधी  प्रदर्शनी हुनेछ । यस्तै ४० देखि ४२ घण्टासम्म नसुतेरै एउटा प्रोजेक्ट विकास गरिने कोअर्डिनेटर प्रतित्राज गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए । वो प्रोजेक्टलाई ह्याकाथन नाम दिइएको छ ।

कार्यक्रममा योमरी कोड क्याम्प सञ्चालन गरिने र सो क्याम्पमा कम्प्युटरको प्रोग्रामिङ जान्ने जो कोहीले भाग लिन पाउने गिरीले बताए । कार्यक्रममा काभ्रेका प्लस टु कलेज लक्षित आइटी क्यूज सञ्चालन गरिने छ भने विभिन्न कम्पनीका जब सिकर्ससँग करिअर फेअर, नेपालमै दोश्रो पटक आइटी मिटमै आयोजित पेनेट्रेशन टेस्टिङ हुने गिरीले जानकारी दिए ।

कार्यक्रममा आइडिया पिचिङ पनि राखिएको हुँदा जो कोही टेक्नोलोजी इन्थुजियाष्टिक्सले आफूले तयार पारेको डेभलप्मेष्ट, सस्टेनेवल डिभालम्पमेण्ट गोलमा आवद्ध आइडियाहरु प्रस्तुत गर्न पाउने छन । विजेताले प्रस्तुत गरेको आइडियालाई मुर्त रुप दिन काठमाण्डौ युनिभर्सिटी कम्प्युटर क्लवले सहयोग गर्ने भएकोले आफ्ना आइसिटी सम्वद्ध आइडिया लिएर आउन पनि गिरीले आग्रह गरे ।

कार्यक्रममा आल्फा गो फिल्म विश्वमै पहिलो पटक आइटी मिट २०१८ मा प्रर्दशन गरिदै छ । अल्फा गो चलचित्र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी चलचित्र हो । विश्वप्रसिद्ध खेल गो को मान्छे र ए आइ रोवर्ट बिच हुने प्रतिस्पर्धालाई यस चलचित्रमा रोचक ढंगमा प्रस्तुत गरिएकोले एआई सम्बन्धि सबै विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरुलाई फाइदा पुग्ने पनि गिरीले जानकारी दिए । कार्यक्रम विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बहादुर विष्टले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रम बारे थप जानकारी http://itmeet.ku.edu.np/ मा पनि गएर हेर्न सकिने बताइएको छ

प्रतिकृया दिनुहोस्

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड, कुन क्षेत्रलाई कति छुट्याइयो ?

साउन १, भक्तपुर – भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित  एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत  ९८ करोड ८६ लाख ८३ हजार तथा...

नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा

काठमाडौं – नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सुरु हुनेगरी सञ्चालनमा ल्याएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज...