Motivate News

पछिल्लो समय अम्बिका गुरुङको यी दुइ गीतबाट चर्चित छन् गायक रमेश श्रेष्ठ !

काठमाडौँ – पछिल्लो समय  गायक तथा म्युजिक कम्पोजर रमेश श्रेष्ठ  स्टेज कार्यक्रममा व्यस्त देखिन्छन ।  दोलखामा जन्मिएका श्रेष्ठ काठमाडौंमा बसोबास गरेर गीत संगीतमा  निरन्तर संघर्षरत  छन् । संगीत नै जीवन हो भनेर लागिपरेका श्रेष्ठ दर्शक स्रोता माझ  मेलोडी गायकका रुपमा परिचित छन् । उनी भन्छन – ‘मानिसको पौष्टिक आहारा भनेकै संगीत हो चाहे सुख होस् चाहे दुख होस् जुन अवस्थामा पनि संगीत अपरिकार्य छ’ ।

बिशेष गरेर लोक र आधुनिक  लयको गीत गाउने श्रेष्ठले पछिल्लो समय गीतकार अम्बिका गुरुङको पप गीत ‘अल्झियो’ गीतबाट पनि राम्रो चर्चा कमाउन सफल भएका छन् । यो गीतको सफलता संगै गुरुङकै अर्को देश प्रेमी ‘मेरो देश नेपाल’ बोलको गीत पनि उतिकै चर्चामा छ । स्टेज कार्यक्रममा उनले यहि गीतबाट आफ्नो प्रस्तुति सुरु गर्ने गर्दछन ।

गायक रमेश श्रेष्ठको  आवाजमा रहेको उक्त गीत शब्द  गीतकार गुरुङको रहेको छ, भने संगीत गायक श्रेष्ठले नै भर्नु भएको छ ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...