Motivate News

काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियस

पुस २३, काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियससम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो । महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केही दिन चिसो अझै बढ्ने बताउनुभयो ।

उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुगेको छ । महाशाखाका अनुसार देशभर चलिरहेको चिसो हावाको प्रभावले तापक्रम निरन्तर घटिरहेको हो । चिसोको प्रभाव काठमाडौं उपत्यका, पहाडी क्षेत्र तथा तराईमा समेत परिरहेको महाशाखाले जनाएको छ ।
यस वर्ष काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम गत बिहीबार १.४ डिग्री सेल्सियससम्म पुगेको थियो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

चिसोको प्रभाव तराई क्षेत्रमा पनि केही समय रहिरहने देखिएको छ । पूर्वी तराइमा मौसम केही खुल्ने सम्भावना रहे पनि पश्चिम तराईमा भने चिसोसँगै कुहिरो लाग्ने महाशाखाले जानकारी दिएको छ । मौसम खुल्न पानी पर्नुपर्ने भए पनि हाल पानी पर्ने सम्भावना नरहेको पौडेलले बताउनुभयो ।

महाशाखाले अझै एक सातादेखि १० दिनसम्म चिसोको प्रभाव भइरहने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चिसो बढेसँगै तराई क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने पहाडी क्षेत्र तथा काठमाडौं उपत्यकामा समेत सर्वसाधारणहरु चोक–चोकमा आगो बालेर बसेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

गोरखामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

साउन २,गोरखा –  शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका...

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

साउन २,काठमाडौं – काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...