Motivate News

भाइरल ज्वरोका कारण जाजरकोटमा नौ जनाको मृत्यु, दुई सयभन्दा बढी बिरामी

काठमाडौँ – एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौ जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।रुघाखोकी र भाइरल ज्वरो फैलिएको एक साता बित्दा पनि प्रभावित क्षेत्रमा औषधि र चिकित्सक पुग्न सकेका छैनन् ।
विरामी हुनासाथ स्वास्थ्य संस्था जानुभन्दा धामीझाँक्रीको भर परेकाले नौजनाको मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको जुनीचाँदे गाउँपालिका–१ अन्तर्गत जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोका बिरामी बढी देखिएका छन् । विरामीमा घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ ।
यसैबीच काठमाडौंरजाजरकोटमा फैलिएको भाइरल ज्वरोलाई सरकारले सिजनल इन्फ्लुएन्जा (एचवानएनवान) को आशंका गरेको छ । बिरामीमा देखिएको लक्षण एचवानएनवानसँग मिल्दोजुल्दो भएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिरामीको रगत (सेम्पल) काठमाडौं मगाएको छ ।

प्रतिकृया दिनुहोस्

गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं – गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले  बिहिबार पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...

क्रिस गेलको सतकमा पञ्जावद्वारा हैदराबाद १५ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएपछि किङ्स इलेभन पञ्जावले सनराइजर्स हैदराबादलाई १५ रनले पराजित गरेको छ । आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरेपछि...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...