Motivate News

शेरबहादुर सत्ता लम्ब्याउन चाहन्छन् : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई लोकतन्त्रको मसिहा मान्ने नेपाली कांग्रेसले देखाएको चरित्रबाट उदांगिएको बताएका छन् ।

डोटी काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको डोटी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले सबैलाई न्याय गर्ने बताउँदै वर्तमान देउवा सरकारले जनमतको कदर गरेर तुरुन्त राजीनामा दिनुपर्ने संविधानमा हुँदै नभएको कुरालाई उचालेर सत्ता छोड्न आनाकानी गरेको आरोपसमेत लगाए । ‘राष्ट्रियसभाको विषय कांग्रेसले सत्ता लम्ब्याउने हतियार बनायो यसले उसको नियत नेपाली जनतासामु प्रस्ट भएको छ ’ उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई कुनै पनि देशी विदेशी चलखेलले रोक्न नसक्ने दावी गर्दै उनले भने, ‘एमाले र माओवादी केन्द्रबीच एकीकरणलाई भाड्न अनेक हर्कत भएका छन् तर अब यी दुई पार्टीको एकतालाई कसैले रोक्न सक्दैन यो मेरो ठोकुवा हो ।’
डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद प्रेम बहादुर आलेले सत्ताको चरम दुरुपयोग गरेर केही स्थानहरुमा बुथ कब्जा गर्दासमेत डोटेली जनताले आफुलाई विजयी गराएकोमा धन्यवाद दिँदै अबको आफ्नो काम भनेकै डोटेली जनताको सेवामा समर्पित हुने बताए । सुदूरपश्चिमबाट निर्वाचित भएका सांसदहरुभन्दा आफुले धेरै विकास गरेर देखाउने वाचा गर्दै आलेले भने, ‘अब म डडेलधुराबाट निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा पनि धेरै विकास गरेरै देखाउँछु यो मेरो डोटेली जनतासामुको वाचा हो, अबको सात नम्बर प्रदेशलाई अन्य प्रदेशको दाँजोमा अब्बल बनाउन म पुरै अहोरात्र लाग्नेछु ’ उनले भने ।

‘आफ्नो जातको जनसंख्या थोरै भएर पनि एउटा मगरको छोरालाई विजयी गराउन जातजाती भन्दा पनि विकास गरेर देखाउन सक्ने हैसियत भएको युवा नेतालाई धेरै अपेक्षा राखेर मतदान गरेको मैले बुझेको छु, म त्यसलाई रत्तिभर डगमगाउन दिन्न ’ उनले बधाई कार्यक्रममा भने । निर्वाचनको समयमा नेताको घरदैलो ढुकेर बस्ने, जनताको नाममा सिन्को नभाँच्ने र अहिले आएर यो भयो त्यो भयो भनेर नेताको सामु चम्चाको काम गर्नेहरुलाई आफुले चिनेको उल्लेख गर्दै आलेले यस्ता दहीचिउरेहरुको कुरामा नेताहरुले ध्यान दिन नहुने बताए ।

‘यो निर्वाचनमा आफुले चाहेर भन्दा पनि एमालेका शीर्षस्थ नेताहरुले मेरो विकल्प छैन भनेरै मलाइ टिकट दिइएको हो, मलाइ यो वा ऊ पक्ष भन्ने थाहा छैन’ आलेले भने । आफु विकासलाई प्राथमिकता दिने ब्यक्ति भएकाले अबको पाँच वर्षमा डोटेली जनताको विकास र समृद्धिको लागि र मत दिएर विजयी गराउनेहरुको शीर उँचो राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

डोटी जिल्लाको दिपायललाई सात नम्बर प्रदेशको राजधानी बनाउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै दिपायल हरेक हिसाबले प्रदेश सदरमुकाम हुन योग्य शहर भएको उल्लेख गरे । ‘डोटीको दिपायललाई सात नम्बर प्रदेश सदरमुकाम तोकिन माग गर्दै जुन आन्दोलन भइरहेको छ यसमा मेरो पुर्ण साथ र समर्थन छ यो हाम्रो आन्दोलनले गर्दा नै देउवा सरकारले धनगढीलाई सदरमुकाम तोक्न डराएको हो’ उनले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं – पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन...