Motivate News

अब प्रधानन्यायाधीश विरुद्ध लड्छु :गोविन्द केसी

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै शृंखलाबद्ध अनशन गरेका प्राडा गोविन्द केसीले अदालतबाट डा.शशि शर्माको पुनर्बहाली निर्णय प्रति आपत्ति जनाएका छन् । आइतबार वक्तव्य जारी गर्दै उनले प्रधानन्यायाधीश विरुद्ध नै संघर्ष गर्ने चेतावनी दिए।

‘आईओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रूपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश तथा सरकार प्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आईओएमको डिन पदमा फर्काइएकोमा त्यस प्रति घोर आपत्ति जनाउँदै त्यसको सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं, केसीको वक्तव्यमा भनिएको छ, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफिया विरुद्ध लड्नुको अब विकल्प छैन। उनले सोमबार अपराह्न पत्रकार सम्मेलन गरी अन्य घोषणा गर्ने बताए ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

३३ किलो सुन तस्करी प्रकरण : समितिको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टिपछि थप अनुसन्धान रोकियो

साउन २,काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको...

कतारमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपाली लैजाने प्रस्ताव

साउन २, काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन्...

भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय खेल

साउन २, काठमाडौं –  इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसीय खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ । लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६...