Motivate News

सरकारले सके सम्म सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने

काठमाडौं – सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सरकार सके सम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन् ।आइतबार सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै मन्त्री बस्नेतले सरकार सम्भव भए सम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पारे । उनले भने, ‘अहिले सम्म यस विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने भोलि मन्त्रिपरिषद्को बैैठक पनि नबस्ने सम्भावना छ, प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुबै विषयमा सबै दलसँग सम्भव भए सम्म सरसल्लाह गरेर नै निर्णय गर्ने विचारले छलफल जारी राख्नु भएको छ।’

उक्त निर्णयमा किन ढिलाइ भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले सबैको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्री देउवाको मनसाय रहेको बताए। सबै दलको सहमति लिन खोज्दा केही ढिलाइ देखिएको धारणा व्यक्त गर्दै उनले संविधान निर्माणमा सबै दलको सहमति र योगदान रहेकाले कार्यान्वयनमा पनि सहमति होस् भन्नेमा सरकार रहेको स्पष्ट पारे। ‘तर दिन घर्किंदै गयो र ढिला हुन लाग्यो भने र समय बाँकी भएन भने सरकारले निर्णय लिन्छ’, उनले भने।
नागरिकबाट

प्रतिकृया दिनुहोस्

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

३३ किलो सुन तस्करी प्रकरण : समितिको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टिपछि थप अनुसन्धान रोकियो

साउन २,काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको...

कतारमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपाली लैजाने प्रस्ताव

साउन २, काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन्...

भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय खेल

साउन २, काठमाडौं –  इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसीय खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ । लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६...