Motivate News

शीतलहरले सप्तरीमा १४ जनाको मृत्यु

सप्तरी -अत्याधिक चिसोले सप्तरीमा आइतबार दुई जना सहित हाल सम्म १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार कञ्चनरुप नगरपालिका ७ का ६१ वर्षीय उत्तम मरिक डोम र वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेखको चिसोका कारण मृत्यु भएको हो ।

यसैगरी शनिबार पनि एक काखे बालक सहित पाँच जनाको मृत्यु भएको थियो । शीतलहरबाट प्रभावित भई निमोनिया लागेका कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ललित चौधरीका ७ महिने छोरा गणेशलाई उपचारका लागि बिराटनगर लग्ने क्रममा शनिबार बाटोमै मृत्यु भएको परिवारले जनाएको छ । अत्याधिक शीतलहरले सप्तरीका एक मात्र सरकारी अस्पताल सगरमाथा अञ्चल अस्पतालमा बिरामीको संख्यामा वृद्धि भईरहेको छ । बिरामीको चाप बढेपछि कतिपय बिरामीलाई भूईँमा राखेर समेत उपचार थालिएको छ ।

यता अस्पतालमा भर्ना हुन आउनेहरुमा बढी बालबालिका र वृद्धवृद्धा रहेको अस्पतालस्थित आकस्मिक कक्षले जनाएको छ । बालबालिकाहरुमा कोल्ड डाईरिया, फिभर, निमोनिया जस्ता रोगको लक्षणहरु देखा परेको अस्पताल प्रमुख डा. दयाशंकरलाल कर्णले जानकारी दिए ।
नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस्

गोरखामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

साउन २,गोरखा –  शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका...

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

साउन २,काठमाडौं – काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...