Motivate News

पार्टी एकताबारे जथाभावी नबोल्न कार्यकर्तालाई एमालेको कडा निर्देशन

पुस २५, काठमाडौं – नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियाबारे जथाभावी नबोल्न कार्यकर्तालार्इ कडा निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बिषयमा कार्यकर्ता माझ सार्वजनिक बहसमा रोक लगाउने निर्णय गरेको हो ।

नेता–कार्यकर्ताले एकताका बारे गुट उपगुटमा उत्रेर बहस र विवाद गर्न थालेपछि यसबारे निजी धारणा व्यक्त गर्न रोक लगाएको हो । त्यसैगरी एमालेले सरकार र निर्वाचन आयोगको काम संविधान बिपरित रहेको पनि ठहर गरेको छ । एमालेले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाउने गतिविधि सरकार र निर्वाचन आयोगबाट भइरहेको पनि निचोड निकालेको छ ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

३३ किलो सुन तस्करी प्रकरण : समितिको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टिपछि थप अनुसन्धान रोकियो

साउन २,काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको...

कतारमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपाली लैजाने प्रस्ताव

साउन २, काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन्...

भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय खेल

साउन २, काठमाडौं –  इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसीय खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ । लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६...