Motivate News

शितलहर प्रभावित तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ राहत घोषणा

 

पुस २५, काठमाडौं – सरकारले तराईका २२ जिल्लामा केही दिन देखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले हिजै सरकारको मौज्दातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशनमा तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजै देखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’
नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्

नेपालमा फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं – इन्धनको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै बुधबार नेपालमा पनि इन्धनको मूल्य बढाइएको हो । पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ र मटितेलमा २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । यो मूल्य बुधबार...

१०२ मेगावाटको मध्य भोटेकोसी दुई वर्ष भित्र सक्न निर्देशन

काठमाडौं – सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम दुई वर्षमा सम्पन्न गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ । ऊर्जासचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चिता हुने एकीकृत...

म्यानपावर दलालको ठग्ने नयाँ तरिका, यसरी ठगिए दर्जनौँ पूर्व आर्मीहरु

काठमाडौँ – म्यानपावर दलालहरुले नयाँ तरिकाले जनतालाई ठग्ने गरेको खुलासा भएको छ । विभिन्न देशमा सेकुरिटी गार्डका लागि पठाइदिन्छु भन्दै यूवाहरुसंग पैसा उठाएर सम्पर्क विहिन हुनेगरेको पाइएको छ । मोटिभेट न्यूजको सम्पर्कमा आएका पूर्व आर्मीहरुले आफूहरुलाई सुरुमा सिसिएल भन्ने ठाँउमा सेकुरिटी गार्डका...

खाना पकाउने ग्याँसको बिक्री बन्द

विराटनगर – मोरङका ग्याँस विक्रेताले खाना पकाउने ग्याँसको बिक्री वापत पाइने कमिशन वृद्धिको माग गर्दै हिजो देखि ग्याँसको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोध स्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्याँस विक्रेता...