Motivate News

ब्राजिलियन मिडफिल्डर कोन्टिन्हो बार्सिलोनामा अनुबन्ध

काठमाडौं – ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो ।

२५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने बेता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि सँगै थिए । त्यसपछि उनले मैदानमा बलसँग केही बेर खेले ।

लिभरपुलमा आफू पाँच वर्ष रहँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र आफू खुशी रहेको कोन्टिन्होले बताए । बार्सिलोनाले लिभरपुलसँग कोन्टिन्होलाई एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने विषयमा सहमति गरेको हो ।

गएको समर विण्डोमा लगातार तीनपटक प्रयास गर्दा पनि असफल भएको बार्सिलोना जनवरी विण्डोमा भने कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको हो । उनले बार्सिलोनामा अनुबन्ध हुनु सपना विपनामा परिणत भए जस्तै गरेको बताएका छन् ।

कोन्टिन्हो सन् २०१३ को जनवरीमा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुल आएका थिए । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होका लागि अन्तिम पटक एक सय १८ मिलियन तिर्ने प्रस्ताव गरेको थियो । तर त्यो लिभरपुलले अस्वीकार गरेको थियो ।

प्रतिकृया दिनुहोस्

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...

भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले जित्यो तेस्रो एकदिवसीय खेल

साउन २, काठमाडौं –  इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसीय खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ । लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६...

एकदिवसीय क्रिकेट खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

साउन २, काठमाडौं – एमसीसी र नेदरल्यान्डविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको मंगलबार घोषणा गरिएको छ । १५ सदस्यीय नेपाली टोलीमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले पुनरागमन गरेका छन् । सुवासले करिव तीनवर्षपछि राष्ट्रिय टिममा पूनरागमन गरेका हुन् । सुवासले...

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसिया टिमलाई राजधानी जाग्रेबमा भव्य स्वागत

साउन १, काठमाडौं –विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानी जाग्रेबमा लाखौ लाख समर्थकले भव्य स्वागत गरेका छन् । उनीहरुले खेलाडीलाई सम्मान स्वरूप नगर परिक्रमा पनि गरेका थिए । ४५ लाख जनसंख्या रहेको देशमा करिव ३ लाख जनता खेलाडीलाई सम्मान गर्न सडकमा...