Motivate News

भारत लैजाँदै गरेका २० बालबालिकाको उद्धार

जुम्ला – गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अबस्थामा २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ । प्रहरीले पुस २५ गते तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको हो । बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।

गैरकानुनी रुपमा जिल्ला बाहिर लैँजादै गरेको आरोपमा पातारासी गाउँपालिका ३ का २९ वर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ बर्षीय कार्मा तामाङलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी निरिक्षक चुडामणि पुनले बताए । लामा भाषा पढाईदिने भनेर अभिभावकलाई आश्वासनमा पारेर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक पुनले बताए । उनका अनुसार उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्ष उमेर समूहका छन् ।

एउटै बसमा धेरै बच्चा लैँजादै गरेको देखे पछि सोधपुछ गरेर प्रहरीले पक्राउ गरेको हो । निरिक्षक पुनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटलमा राखिएको छ ।
नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस्

गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं – गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले  बिहिबार पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।...

बर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

बैशाख ७, काठमाडौं – यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग...

क्रिस गेलको सतकमा पञ्जावद्वारा हैदराबाद १५ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएपछि किङ्स इलेभन पञ्जावले सनराइजर्स हैदराबादलाई १५ रनले पराजित गरेको छ । आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरेपछि...

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ महासचिवका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि...