Motivate News

जाजरकोटको भाइरल प्रकोप नियन्त्रण बाहिर : १३ जनाको मृत्यु !

जाजरकोट- दुई साता यता देखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ । त्यस्तै जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ ।

स्वास्थ्य शिविरमा राम्रो उपचार नपाए पछि भण्डारी निजी मेडिकलमा गएका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लागेका थिए । गोठमा बस्दै आएकी कालु केही दिन देखि चिसोले थलिएकी थिइन् । उनलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले सम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका सात बालबालिका र ५० वर्ष माथिका ६ जना छन् । जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप वडा नं १, ३, ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट र वडा नं १० सम्म फैलिएको छ । शनिबार देखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा १२ सय जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा. शाक्यले जानकारी दिए।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

गोरखामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

साउन २,गोरखा –  शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका...

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

साउन २,काठमाडौं – काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...