Motivate News

सरकारले आज प्रदेश प्रमुखको टुङ्गो लगाउँदै

काठमाडौं – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले शुक्रबार (आज) प्रदेश प्रमुख तोक्ने बताए । उनले पत्रकारसँग कुराकानी गर्दै नाम टुङ्गो लागिसकेकोले शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख तोक्ने जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

उपप्रधानमन्त्री गच्छदारले अस्थायी राजधानी तोक्ने विषयमा भने टुङ्गो लागि नसकेको बताए । ‘प्रदेश प्रमुखको नाम टुङ्गो लागि सकेको छ , आजको बैठकले प्रदेश प्रमुख तोक्नेछ,’ उनले भने । उनले अस्थायी राजधानी तोक्ने विषयमा भने छलफल जारी रहेको बताए । प्रदेश प्रमुख नतोकिएका कारण प्रदेश सभाको मतपरिणाम घोषणा गर्न बिलम्व भइरहेको निर्वाचन आयोगले बताउदै आएको छ ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...