Motivate News

माओवादी मन्त्रीहरुले आज राजीनामा दिदै

काठमाडौं – ३ महिना देखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुले आज एकमुष्ट राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले पार्टीको तर्फबाट सरकार छोड्ने निर्णय भएको बताए । उनले एकमुष्ट राजीनामा दिने तयारी भइरहेको बताए।

उनले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने पार्टीले निर्णय गरेको बताए । बस्नेतले भने, सरकार छोड्ने निर्णय भएको छ, उपप्रधानमन्त्री महराले राजीनामा बुझाउनु हुनेछ।’ उनले बिहीबार नै राजीनामा बुझाउने कार्यक्रम रहेपनि बिदाका कारण शुक्रबार सारिएको बताए।

देउवा सरकारमा माओवादी केन्द्रका नौ मन्त्री, सात राज्यमन्त्री सहित १६ जना मन्त्री छन् । उपप्रधानमन्त्री तथा विनाविभागीय मन्त्री महरा, मन्त्रीहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारुले राजीनामा दिँदै छन्। त्यस्तै राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पाले पनि देउवा सरकार छोड्ने भएका छन् ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...