Motivate News

यूवा व्यवसायी तथा गायक देवकोटा अव प्रोडुसर पनि

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटा टिभि सिरियलमा पनि जम्न थालेका छन् । गायन तथा व्यवसायीक क्षेत्रमा राम्रो परिचय बनाएका देवकोटाले कान्तिपूर टेलिभिजनको चर्चित सिरियल ‘हर्के हल्दार’बाट सिरियलको अभिनय सुरु गरेका थिए ।

पछिल्लो समय उनी त्यहि टेलिभिनको नयाँ सिरियल रिसानी माफमा पनि देखिन थालेका छन् । प्रत्येक मंगलबार साँझ ७ बजे देखी ८ बजेसम्म प्रसारण हुने टिभि सिरियल ‘रिसानी माफ’मा उनको अभिनयका साथै उक्त सिरियलका निमार्ता समेत हुन देवकोटा ।

सिरियलमा देवकोटा संगै कलाकारहरु बरिष्ट कलाकार सुरबिर पन्डित, रामचन्द्र अधिकारी, आशा खड्का लगायत रहेका छन् । उक्त सिरियलको निर्देशन प्रकाश सुबेदीले गरिरहेका छन् भने कथा शैलेन्द्र सिम्खाडाको रहेको छ ।

गायक तथा कलाकार देवकोटाका टोलटोलमा हल्ला चल्यो, कल्पनाकी मनकी रानी, माफ गर, आकाश हाम्रा पिता लगायतका गितहरु र्चिर्तत छन् । सिरियलमा नेवारी कल्चरको रुपमा अभिनय गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

नेपाल निजामति कर्मचारी यूनियन(संघ) मा यस कारण मेरो उम्मेद्बारी : बुढाथोकी (भिडियो सहित)

काठमाडौं – नेपाल निजामति कर्मचारी यूनियन(संघ)को सातौँ राष्ट्रिय महाधिवेशन आउँदो फागुन ८,९ र १० गते चितवनमा सम्पन्न हुदैछ । संघका बर्तमान सचिव राजेन्द्र बुढाथोकी भावि नेतृत्वको दावि गर्दै अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । उनै बुढाथोकी संग हामीले उनको उमेद्वार किन...

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिले...

प्रदेश प्रमुख कार्यालयमा सहसचिवः कुन प्रदेशमा को खटिए ?

काठमाडौं – प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यालयमा सचिव पठाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका कर्मचारी नेपाल सरकारका सहसचिव सरहका कर्मचारी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा...