Motivate News

यी हुन पूर्वसेना र प्रहरीलाई ठग्ने म्यानपावर दलाल, हेर्नुहोस दलालको अनुहार

फोटो ः म्यानपावर दलाल गोपाल गुरुङ

काठमाडौँ – दर्ता नै नभएको क्रिस्टिल नामको म्यानपावरले नेपालीहरुलाई ठगी गरिहेको छ । पूर्व आर्मी तथा प्रहरीहरुलाई उक्त म्यानपावरले विदेश पठाइदिनेभन्दै पैसा असुलेर विदेश नपठाइदिएको गुनासो गरेका छन ।

उक्त म्यानपावरले विभिन्न देशमा सेक्युरिटी गार्डमा राम्रो जागिर मिलाई दिने भन्दै लाखौं रुपैयाँ उठाएर सम्पर्क विहिन हुनेगरेको पाइएको छ । दर्ता समेत नभएको म्यानपावरका संचालकहरुले सेवाबाट अवकाश भएका पूर्वआर्मी र प्रहरीका अफिसर र जवानहरुलाई सिसिएल भन्ने ठाउँमा सेक्युरिटी गार्डका लागि पठाई दिने भन्दै ५० हजारदेखि एक लाखसम्म रुपैयाँ असुल गरेक थिए ।

सिसिएल भन्ने ठाउँबाट काम नभएपछि इराक, अफगानस्थान, यूएइ पठाउने भन्दै झुलाउँदै आएको तर ६ महिना हुँदासम्म पनि सम्पर्कमा नआएपछि उनीहरु घर न घाटका भएका छन् ।

फोटो ः म्यानपावर दलाल अनिल महतो

विदेशमा रोजगारीका लागि पठाउने भन्दै दर्जनौँ युवाहरुबाट रुपैयाँ उठाएर म्यान पावर दलाल सम्पर्कविहीन भएका थिए । क्रिटल म्यानपावरका अध्यक्ष तिलक गुरुङ, संचालक गोपाल गुरुङ, अनिल महतो र एजेण्ट सोम गुरुङले सामुहिक रुपमा ठगी गरेको पीडित युवाहरुले बताए ।

पीडित युवाहरुमा पूर्वआर्मीहरु नगेन्द्र शाही, नरेश प्रसाईं, लक्ष्मी बन्जारा, अर्जुन कटुवाल, विरवहादु तामाङ, ओम बहादुर गुरुङ, टेकबहादुर थाम, अनिल पौडेल, मिन पाण्डे रहेका छन भने दिपेन्द्र शाहीलगायत दर्जनौं पुर्वप्रहरीसहित सर्वसाधारणहरु ठगीएका छन् । उनीहरुबाट पचास हजारदेखि एक लाख साठ्ठी हजारसम्म पैसा उठाएर सम्पर्कविहीन भएको पीडितले बताएका छन् । सम्पर्क गर्दा फोन नउठाउने तर नयाँ नम्बरबाट फोन उठाउने तर चिनेपछि काटिदिने पीडितहरुले गुनासो गरेका छन् ।

काठमाडौंको चप्पल कारखाना नजिकै कार्यलय स्थापना गरेर गोपाल गुरुङलगायतको टिमले सोझासाझा युवाहरुलाई ठग्ने गरेको पाइएको छ । सम्पर्क कार्यलय भनेर काठमाडौंको चप्पल कारखानामा स्थापना गरेर पैसा उठाउने तर विदेश नपठाई फरार हुने गरेको पीडित पूर्वआर्मीले बताएका छन् । क्रिस्टिल म्यानपावरको नाममा उनीहरुले कारोवार गर्ने गरेको तर त्यो नामको कम्पनी सरकारको कुनै पनि निकायमा दर्ता नभएको पाइएको छ । कार्यलयमा म्यानपावरको बोर्ड पनि  राखेको  छैन् ।

गैरकानुनी रुपमा पैसा उठाउँदै सम्पर्कविहीन भएका त्यसका संचालकहरुसँग सम्पर्क गर्दा एक अर्कालाई दोषी देखाउँदै पन्छिएका थिए । उक्त म्यानपावरमा मुख्य भनेर बाहिर देखिएका गोपाल गुरुङले पैसा अफिसमा नआएको र फिर्ता दिन नसक्ने बताउँछन् । त्यस्तै अर्का संचालक सोम गुरुङले आफ्नो खातामा जम्मा भएको पैसा अफिसमा बुझाएको र गोपाल गुरुङले आफूलाई फसाउन खोजेको ओरोप लगाए ।

यी हुन ठगहरु

ठगहरुको समुहका कमाण्डर हुन् गोपाल गुरुङ । उनको वास्तविक घर सोलुखुम्बु हो । आजभोली उनी परिवार संगै काठमाडौंमा बस्दै आएका छन् । त्यस्तै अर्का ठग हुन् अनिल महतो । महतो रुपन्देहीका हुन् उनी पनि काठमाडौंमा म्यानपावरको नाममा ठगी गर्दै आएका छन् । पैसा उठाउने ऐजेण्ट हुन सोमराज गुरुङ । त्यस्तै ठगहरुको लिस्टमा आउने अर्को नाम हो विन्दु महतो । उनी अनील महतोको आफन्त हुन् । उनी पैसा उठाउनका लागि प्रयोग भएकी महिला हुन् ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

नेपाल निजामति कर्मचारी यूनियन(संघ) मा यस कारण मेरो उम्मेद्बारी : बुढाथोकी (भिडियो सहित)

काठमाडौं – नेपाल निजामति कर्मचारी यूनियन(संघ)को सातौँ राष्ट्रिय महाधिवेशन आउँदो फागुन ८,९ र १० गते चितवनमा सम्पन्न हुदैछ । संघका बर्तमान सचिव राजेन्द्र बुढाथोकी भावि नेतृत्वको दावि गर्दै अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । उनै बुढाथोकी संग हामीले उनको उमेद्वार किन...

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिले...

प्रदेश प्रमुख कार्यालयमा सहसचिवः कुन प्रदेशमा को खटिए ?

काठमाडौं – प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यालयमा सचिव पठाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका कर्मचारी नेपाल सरकारका सहसचिव सरहका कर्मचारी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा...