Motivate News

फोकस नेपालद्वारा ‘लाईट सिटी’का अभियान्ता रोशन श्रीवास्तव सम्मानित

काठमाडौं –  सफल युवा उद्यमीको रुपमा परिचित बीके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रंजन राज श्रीवास्तव ‘रोशन’लाई आज एक कार्यक्रम माझ सम्मान गरिएको छ । महानगरपालिकाको ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भुमिका खेलेको, राज्यको राजश्व तथा रोयल्टी संकलनमा सहयोग गरेको तथा विद्युतका पोलहरुमा विज्ञापन राख्ने अभियानमा मार्फत व्यापार विस्तार तथा रोगजारीको अवसर सिर्जना गरेको भन्दैै उनलाई फोकस नेपाल सस्थाले सम्मान गरेको हो ।

‘श्रीवास्तव फोकस नेपाल सस्थाको विशेष सेवा सम्मान २०७४’ पुरस्कारबाट सम्मानित भएका हुन् । लोडसेडिङ मुक्तगरि चर्चाको शिखर पुगेका विद्युत प्राविधकरणका प्रमुख कुलमान घिसिङसँग तुलना गर्न लायक युवा श्रीवास्तवकै सक्रियतामा अहिले काठमाडौँका अधिकांश क्षेत्र सौर्य बत्तीले भिलिमिली भएका छन् । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र भिलिमिली बनाउने लक्ष्यका साथै रोशनले ‘लाइन सिटी’ अभियान नै चलाएका छन्, जो कि राज्यले नै चलाउनुपर्ने हो ।नविन सोच र विचारलाई नै समृद्धिको मुल आधार मान्ने रोशनले आफ्नै देशलाई फाइदा पुग्ने ‘आइडिया’ निकाले र त्यसैमा सक्रिय रहे । परिणामस्वरुप आज महानगरभित्रका अँध्यारा सडकले ज्योती पाएका छन् । यात्रीलाई पनि निकै राहत मिलेको छ ।

सडक दुर्घटनामा कमी आएको छ भने विदेशी पाहुनाको अगाडि ‘लाज पचाउनुपर्ने’ अवस्था छैन । उनको यहि योगदान, नविन सोच एवम लाईट सिटी अभियानलाइ अगाडीुबधाई ब्यबसायीक तथा समाजसेवीका रुपमा निरन्तर निष्ठापूबक सक्रिय रहदै आउनु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिभिन्न सामाजिक संघ सस्था मार्फत राष्ट्र बिकाश र सामाजिक सेवामा पुर्याउनु भएको योगदान चिरकाल सम्म प्रसनीय र अतुलनीय रहनेछ विशेष सेवा सम्मान पुरस्कार मार्फत सम्मान गरिएको हो ।

प्रतिकृया दिनुहोस्

गोरखामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

साउन २,गोरखा –  शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका...

अपडेट: पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु, ३ जना गम्भीर घाइते

हराएका ५ जना भने सम्पर्कमा

साउन २, पर्वत – अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे...

आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

साउन २,काठमाडौं – काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...