Motivate News

राष्ट्रियसभामा बाम गठबन्धनको ४० र काँग्रेसको १२ सिट आउने सम्भावना

काठमाडौँ – राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ । प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो। कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने देखिएको छ । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदैछ । ५९ सदस्यीय राष्ट्रियसभामा एक महिला सहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।

प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका/नगरपालिका) का प्रमुख र उपप्रमुख मतदाता हुने भएकाले राष्ट्रियसभाको नतिजा अनुमान गर्न सकिएको हो । ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक–फरक छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ । प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभामा सांसद निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट तीन महिला, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र तीन जना अन्य निर्वाचित हुनेछन् । एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्तिका लागि बहुमतीय चुनाव प्रणाली अवलम्बन हुनेछ भने तीन महिला र तीन अन्यका लागि एकल संक्रमणीय चुनाव प्रणाली लागू हुनेछ ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं – पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन...